राष्ट्रिय ख्रीष्टियन महासंघको १३ औं राष्ट्रिय-अन्तर्राष्ट्रिय भेलामा अधिकांश सहभागी असन्तुष्ट

प्रदेश प्रमुखको बिचार राख्न नदिएर महासंघले असली रुपदेखायो: उपाध्यक्ष गैरे

  ।   २०७७ आश्विन १२, सोमबार २०:५३

सुर्य प्रसाद धिताल

नेपालगन्ज । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १३ औं राष्ट्रिय भेला सम्पन्न भएसंगै भित्रभित्रै असन्तुष्टि मौलाएको छ । महासंघको भेलामा अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियनहरुलाइ मात्र सम्मान र मन्तव्य राख्ने समय उपलब्ध गराएपछि नेपालका ७ वटा प्रदेश मध्य अधिकांश प्रदेशका अध्यक्षहरुले असन्तुष्टि पोख्नु भएको छ ।

हिजो आइतबार भएको महासंघको राष्ट्रिय अन्तर्राष्ट्रिय जुम भेलामा अधिकांश समय महासंघमा आबद्ध अन्तर्राष्ट्रिय महादेशका प्रमुखहरुलाइ मात्र होइन मुखहेरेर मन्तव्य राख्ने समय दिनुले इसाइ समुदायमा नकारात्मक सन्देश फैलिएको महसुस जुममा उपस्थित अधिकांश सहभागी पास्टरहरुले गर्नु भएको छ । महासंघको जुम भेलामा एन सि एफ नेपाल र नेपाल ख्रीष्टियन समाजको अतिथ्यता नभएपछि कार्यक्रम झनै प्रभावित भएको सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा आर्थिक प्रतिवेदन दिइएको थियो । नाममात्रको आर्थिक प्रतिवेदनमा कोरोनाको कारण आम्दानी नभएको जनाइएको छ भने खर्चको कुनै हरहिसाब देखिएन जुम भेलाका सहभागी एक सदस्यले बताउनु भयो ।

महासंघका अध्यक्ष सिवि गहराजले दिनुभएको प्रतिवेदन लौरो देखार कुकुर तर्साउने मात्र भएको विश्लेषण गरिएको छ । प्रतिवेदनका अधिकांश पाना २०६८ साल देखि यताका घटनाले भरिएका छन् । महासंघ संग नेपाल सरकारका तत्कालीन मन्त्रीले गरेको प्रतिबद्धता हराएको छ । कार्यनयन गर्न तर्फ आजसम्म दबाब दिन महासंघले कुनै कदम चालेको देखि दैन ।

“प्रदेशलाइ एक शब्द पनि राख्न दिइएन, प्रदेश चाहिन जस्तो लाग्यो । यसको लागि हृदय देखि नै खेद प्रकट गर्छु । जम्मै बिदेशकालाई मात्र बोल्ने मोका दिइयो, असली रुप देखएकोमा धन्यवाद ।” महासंघका केन्द्रीय उपाध्यक्ष तथा ६ नम्बार प्रदेश प्रमुख पदम गैरेले भन्नुभयो । यो त एउटा प्रतिनिधि भनाइ मात्र हो । यस्तै भनाइ अन्ने प्रदेशका प्रमुखहरुको पनि छ । ४ सय ७६ जना सम्म जुममा सहभागी सदस्यहरु बिस्तारै जुम (लेफ्ट) छोड्दै जानुभएको थियो ।

कार्यक्रममा कारबाहीमा पर्नु भएका पास्टर राजु सुन्दासलाइ सह अध्यक्षमा पुनः बहाली गरिएको थियो । ४ बर्ष पहिले कार्वाहीमा पर्नुभएका पास्टर सुन्दासले महासंघले क्षमा मागेर उदाहरणीय काम गरेको बताउनु भयो ।

जुम भेला महासंघका अध्यक्ष गहतराजको अध्यक्षतामा र संचालन महासचिव उद्धव चिमोरियाले गर्नु भएको थियो ।

Next Post

One million coronavirus deaths: how did we get here?

२०७७ आश्विन १२, सोमबार २०:५३
Though an inevitable milestone for months, its arrival is still breathtaking. Deaths from Covid-19 exceeded 1 million people on Tuesday, according to a Johns Hopkins University database, the known toll of nine relentless months of a pandemic that has changed everything, from global balances of power to the mundane aspects of […]