भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण

  ।   २०७७ कार्तिक १६, आईतवार १७:४०

काठमाण्डौ । भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।

नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण पदक जित्नुभएको हो । साथै नेपालले एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ । नेशनल कराँते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४ दशमलव ७० अंक प्राप्त गर्दै स्वर्ण जित्नुभएको हो ।

उहाँले ब्राजिलकी क्यारोलिन एजोभेदोलाई हराएको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिनुभयो । यस्तै पुरुषतर्फको प्रतिस्पर्धामा नेपालका सोनिम मानन्धरले २४ दशमलव ९६ अंक प्राप्त गर्दै स्वर्ण जित्नुभएको छ । उहाँले भारतीय खेलाडी सायक कमाकरलाई हराउनु भएको हो ।

यस्तै महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५ दशमलव ३१ अंकका साथ रजत पदक प्राप्त गर्नुभयो । पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गर्नुभएको छ । अरु विभिन्न प्रतिस्पर्धामा नेपालका दीपिका सापकोटा, अनुभा मङ्गर्ती, मिस्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ र रवीन्द्र मानन्धरले कास्य पदक प्राप्त गर्नुभएको छ ।

Next Post

प्रमुख प्रशिक्षकमा ७७ जनाको आवेदन, सबै विदेशी

२०७७ कार्तिक १६, आईतवार १७:४०
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षक पदका लागि ७७ जनाले आवेदन दिएका छन् । नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षक, महाप्रबन्धक (जीएम), प्रमुख वित्त अधिकृत, सात प्रदेशका लागि सात जना स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि आवेदन आव्हान गरेको थियो । नेपाल क्रिकेट संघका महासचिब अशोकनाथ प्याकुरेलले प्रमुख प्रशिक्षकका लागि […]