भुकम्प प्रभावितलाई डा. पाण्डेको एक महिनाको तलब 

  ।   २०८० कार्तिक २४, शुक्रबार १३:३४

नेपालगन्ज । भेरी अस्पताल नेपालगञ्जमा कार्यरत डा.राजन पाण्डेले आफ्नो एक महिनाको तलब बराबरको रकम भूकम्प पीडितलाई सहयोग गर्नुभएको छ ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घाइते भई भेरी अस्पतालमा उपचाररत बिरामीहरुको उपचारमा २४सै घण्टा खटिनुभएका डा.पाण्डेले आफ्नो एक महिनाको तलब बराबरको रकम ६६ हजार रुपियाँ भूकम्प पीडितलाई सहयोग गर्नुभएको हो ।

निसास्सिएको अवस्थामा अक्सिजन, तिर्खाएको मानिसलाई पानी, भोकाएको अवस्थामा दुई गाँस खाना, जाडोले काँपिरहेको मानिसलाई कम्बलभन्दा माथि कुनै चिकित्सा, पार्टी, वाद वा धर्म नहुने भन्दै पाण्डेले आफ्नो दुई दशक लामो चिकित्सा अनुभवमा आफूले सिकेको पाठको अनुभवबाट प्रेरित भएर भूकम्प पीडितलाई सहयोग गरेको बताउनुभयो ।

भूकम्पबाट ठूलो धनजनको क्षेति भएको खबर पाएदेखि नै उपचारमा ल्याइएका घाइतेको उपचार र त्यसको व्यवस्थापनमा सक्रिय भएर लाग्नुभएका डा.पाण्डे भेरी अस्पतालमा प्रमुख कन्सल्टेन्ट फिजिसियनका रुपमा कार्यरत हुनुहुन्छ ।

Next Post

भूकम्पमा परी घाइते भएकामध्ये थप एकजनाको मृत्यु

२०८० कार्तिक २४, शुक्रबार १३:३४
नेपालगन्ज । जाजरकोट भूकम्पमा परी घाइते भएकामध्ये थप एकजनाको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पतालमा उपचाररत रूकुम पश्चिमको चौरजहारी नगरपालिका १ का २५ वर्षीय निरज विष्टको मृत्यु भएको हो। उहाँको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको हो। उहाँको आइसीयूमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ। उहाँलाई शनिबार नेपाली […]

सम्बन्धित शीर्षक