बाँकेमा बढ्दै कोभिड संक्रमित

  ।   २०७८ भाद्र १०, बिहीबार १४:५०

संवाददाता, नेपालगंज

कोभिड–१९ संक्रमित भएका ब्यक्तिहरुको संख्या केही बढेको पाईएको छ । बाँकेमा रहेका ३ वटा पीसीआर ल्यावले गत २४ घण्टाको अवधि गरेको पीसीआर जाँचका क्रममा संक्रमितको संख्या केही बढेको पाईएको हो ।

जसअनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा १४१ जनाको पीसीआर जाँच गरिएकोमा ४० जना संक्रमित फेला परेका छन ।

यसैगरी मेडिकल कलेज कोहलपुर ल्यावमा ५९ जनाको पीसीआर जाँच गरिएकोमा ९ जना संक्रमित फेला परेका छन । वागेश्वरी ल्यावमा १८ जनाको पीसीआर जाँच गरिएकोमा २ जना संक्रमित फेला परेका छन ।

३ वटै ल्यावमा फेला परेका संक्रमितमध्ये बाँके जिल्लाका मात्र ३५ जना रहेका छन ।

तर बाँकेमा गत २४ घण्टाको अवधिमा कोभिड संक्रमित कसैको पनि मृत्यु नभएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले जनाएको छ ।

तथ्यांक यस्तो छ, हेर्नुहोस ।

 

Next Post

सरकारको सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब रुपैयाँ पुग्यो

२०७८ भाद्र १०, बिहीबार १४:५०
संवाददाता । नेपाल सरकारको सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४-०७५ मा सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७७-०७८ मा बढेर १७ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये कुल तिर्न बाँकी बाह्य ऋण नौ खर्ब […]