सरकारको सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब रुपैयाँ पुग्यो

  ।   २०७८ भाद्र १०, बिहीबार १६:५३

संवाददाता ।
नेपाल सरकारको सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४-०७५ मा सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७७-०७८ मा बढेर १७ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

यसमध्ये कुल तिर्न बाँकी बाह्य ऋण नौ खर्ब २७ अर्ब ९३ करोड र आन्तरिक ऋण आठ खर्ब ३२ करोड रुपैयाँ रहेको छ । नेपालको ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४० दशमलव ५ प्रतिशत पुगेको छ ।

गएको वर्ष सरकारले दुई खर्ब २४ अर्ब एक करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने ३६ अर्ब ९० करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ ।

यस्तै एक खर्ब २७ अर्ब १८ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ । २०७८ असार मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।

उज्यालो अनलाइनबाट

Next Post

जनगायक जेबी टुहुरेको निधन

२०७८ भाद्र १०, बिहीबार १६:५३
संवाददाता । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को आज निधन भएको छ । ७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काठमाडौं कंलकीमा रहेको घरमा लडेर घाइते भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँमा उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोग समेत थिए । टुहेरेले डेढ […]

सम्बन्धित शीर्षक