संवाददाता, खजुरा।
बाँकेको खजुरा गाउँपालिकाको ८ औं गाउँसभाबाट खजुरालाई प्लाष्टिक मुक्त गर्ने प्रस्ताव सर्वसम्मतले रुपमा पारित भएको छ । गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको सभाध्यक्षमा भएको गाउँसभामा सदस्य निसार अलि दर्जीले खजुरालाई प्लाष्टिकमुक्त पालिका बनाउन गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजश्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अध्यावधिक गर्ने कार्यसूची पनि सभाले पारित गरेको छ ।
गाउँसभामा खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले आर्थिक वर्ष २०७७-०७८ को हालसम्मको खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मंसिर मसान्तसम्म गाउँपालिका तर्फको चालू खर्च ३१ प्रतिशत र पूँजीगत ११ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिनुभयो ।
संघीय सरकारबाट हस्तान्तरित चालू कार्यक्रमको खर्च ३१ प्रतिशत र पूँजीगत खर्च शून्य रहेको, प्रदेश सरकारबाट हस्तान्तरित चालू कार्यक्रम खर्च २ प्रतिशत र पूँजीगत कार्यक्रम खर्च ३९ दशमलव २६ प्रतिशत रहेको अध्यक्ष कक्षपतिले जानकारी गराउनुभयो ।
उहाँले सबै वडामा संचालित विभिन्न योजनाहरुको ठेक्का संम्झौता र उपभोक्ता समिति मार्फत हुने काम पनि संचालनमा रहेको बताउनुभयो ।
ठेक्काका १८ योजना र उपभोक्ता समितिले ५८ योजनामा काम गरिरहेको उहाँको भनाई छ । गाउँसभाले चालू आर्थिक वर्षमा केही योजनाहरु संसोधन र परिमार्जनसहित पारित गरेको छ ।
चालू आर्थिक वर्षको राजश्व संकलनको अवस्था सुधार रहेको जानकारी गराउँदै गाउँपालिका अध्यक्ष कक्षपतिले मंसिर मसान्तसम्म ५६ लाख ५५ हजार ९५६ रुपैयाँ राजश्व संकलन भएको जानकारी गराउनुभएको छ ।
पत्रकार दुर्गा रोकायको सहयोगमा…