माघ १० गते नेपालगंजमा स्लो बाइक कम्पिटिसन

  ।   २०७७ पुष २८, मंगलवार १८:०५

तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गरि सवारी दुर्घटनाबाट जोगाउने उद्देश्यका साथ बाँकेको नेपालगंजमा जनचेतना मुलक स्लो बाईक प्रतियोगिता आयोजना गरिने भएको छ ।

बास नेपालगन्ज र रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जको संयुक्त आयोजनामा हुन गइरहेको स्लो बाइक प्रतियोगितामा संञ्चालनका लागी जिल्ला प्रहरी कार्यालय बाँके र ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले सहकार्य गरेका छन ।

प्रतियोगिता आगामी माघ १० गते आयोजना हुनेछ । प्रतियोगितामा भाग लिन चाहनेले अनलाईन मार्फत फर्म भर्न सक्ने ब्यवस्था गरिएको छ भने बास केन्द्रीय कार्यालय नेपालगन्ज १० भृकुटीनगरमा समेत नाम दर्ता गर्न सक्ने जनाईएको छ ।

प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने प्रतियोगिलाई क्रमश : नगद १० हजार, ७ हजार, ४ हजार र २ हजार रुपैंया सहित प्रमाण पत्र प्रदान गरिने छ ।

भाग लिनका लागी मोटरसाईकल वा स्कुटर प्रयोग गर्न सकिने छ तर प्रतियोगिसँग लाईसेन्स र प्रयोग गर्ने सवारी साधान भने कण्डीसनमा रहेको हुनुपर्ने बासका सूचना अधिकारी हेमराज भट्ट द्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

Next Post

जिल्ला हुलाक कार्यालय बाँकेमा छुट्टै हेल्पडेक्स राख्ने तयारी

२०७७ पुष २८, मंगलवार १८:०५
संवाददाता, नेपालगंज । प्रेस प्रतिनिधी प्रमाण पत्र, अनलाईन नविकरण तथा नयाँ दर्ता गर्ने कार्यका लागी जिल्ला हुलाक कार्यालय बाँकेले छुट्टै हेल्पडेक्स राख्ने भएको छ । जसअनुसार हेल्पडेक्स आगामी माघ ४ गतेदेखी ९ गते सम्म संञ्चालन गरिनेछ । सूचना तथा प्रसारण विभागबाट प्रत्यायोजन अधिकारलाई कार्यन्यवन गर्ने सन्र्दभमा आज हुलाक कार्यालयले संम्बद्ध क्षेत्र […]

सम्बन्धित शीर्षक