चीनको प्रयास – चाहेका बेला पानी पार्न र नचाहेका बेला रोक्न सकिने

  ।   २०७७ मंसिर २०, शनिबार १६:३३

चीनले अब प्रविधिको सहयोगमार्फत मौसमलाई पनि नियन्त्रणमा राख्ने कोसिस गर्दैछ । यसका लागि उसले २०२५ सम्मका लागि एक कार्यक्रम बनाएको छ ।

यो कार्यक्रम ५० दशमलव ५ लाख वर्ग किलोमिटर क्षेत्रफलसम्म बिस्तार गर्ने उसको योजना छ, जो भारतको कुल क्षेत्रफलभन्दा झन्डै डेढ गुणाले बढी हो ।

चीनको स्टेट काउन्सिलले २०२५ सम्मका लागि बनाएको योजनामा यस्तो हिउँ र वर्षालाई नियन्त्रणमा लिन सकिने उल्लेख छ । चीनले यस कार्यक्रमलाई ‘एक्सपेरिमेन्टल वेदर मोडिफिकेशन प्रोग्राम’ नाम दिएको छ ।

चीनका अनुसार यस योजनाले प्राकृतिक संकटबाट राहत मिल्नेछ र कृषि उत्पादन बढाउन सहयोग मिल्नेछ । धेरै तापक्रमयुक्त इलाकामा तापमान घटाउने, सुख्खा प्रभावित क्षेत्रमा वर्षा गराउने र धेरै वर्षा र हिउँ नियन्त्रणमा राख्ने काम पनि गर्नेछ ।

चीनले मौसमी परिवर्तनलाई नियन्त्रणमा राख्ने प्रयास गरेको यो पहिलोपटक होइन । २००८ को बेइजिङ ओलम्पिकका दौरान पनि उसले यस्तै गरेको थियो ।

वर्षा रोक्न र आकाश सफा गर्नका लागि क्लाउड सिडिङको साहारा लिइएको थियो । चीनले यसपटक आफ्नो महत्वाकांक्षी योजनाका लागि ठूलो लगानी गरिरहेको छ ।

२०१२ देखि २०१७ सम्म उसले यस कार्यक्रममा झन्डै १ दशमलव ३४ बिलियन डलर खर्च गरिसकेको छ ।

चीनियाँ सरकारी मिडियाहरुका अनुुसार यस कार्यक्रम लागु भएपछि जिनजियाङ राज्यमा अशिनाका कारण हुने नोक्सानी ७० प्रतिशतसम्मले कम गर्न सहयोग पुुग्नेछ ।

रातोपाटीबाट

Next Post

नेकपाको विवाद अब स्थायी कमिटीमा, ओली सहभागी हुने/नहुने अनिश्चित

२०७७ मंसिर २०, शनिबार १६:३३
काठमाण्डौं । सत्तारुढ नेकपाभित्रको विवाद झनै पेचिलो बनेको छ । दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गर्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको असहमतिबीच आइतबार पार्टी कार्यालय धुम्बराहीमा स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकमा ओली उपस्थित हुनेरनहुने अनिश्चित […]

सम्बन्धित शीर्षक