यस बर्ष बाँके र बर्दियामा सरकारी बजेटमा ३ सय ५२ वटा घर निर्माण गरिने

प्रति घर ३ लाख ३६ हजार रुपैंया बराबरको लागत खर्च

  ।   २०७८ पुष २२, बिहीबार १८:१५

  • प्रेम विश्वकर्मा, नेपालगंज ।

चालु आर्थिक बर्ष २०७८-०७९ मा बाँके र बर्दियामा आवास ब्यवस्था कार्यक्रम अन्र्तगत ३ सय ५२ वटा घरहरु निर्माण गरिने भएको छ ।

जनता आवास (संघीय शसर्त अनुदान) लक्षित वर्गको आवास निर्माणका लागी १२ करोड २८ लाख रुपैंया बजेट छुट्टाईएको शहरी विकास तथा भवन कार्यालय बाँकेका सूचना अधिकारी बेचन प्रसाद यादवले जानकारी दिनुभयो ।

प्रति घर ३ लाख ३६ हजार रुपैंया बराबरको लागत खर्च पर्ने गरी बाँकेमा २०६ र बर्दियामा १४६ वटा घर निर्माण गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश र स्थानीय सरकार सँगको समन्वयमा अहिले लाभग्राही छनौट लगायतको कार्य प्रक्रियामै रहेको शहरी विकास तथा भवन कार्यालय बाँकेले जनाएको छ ।

गत आर्थिक बर्ष २०७७-०७८ मा बाँके जिल्लाभित्र ६६ वटा जनता आवासका घर निर्माण कार्य सम्पन्न गरिएको छ । भने बर्दिया जिल्ला भित्रका १२१ वटा घर निर्माण कार्य सम्पन्न भएको छ ।

अझै १० वटा घरको निर्माण कार्य बाँकी रहेको शहरी विकास तथा भवन कार्यालय बाँकेका सूचना अधिकारी बेचन प्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक बर्षमा जनता आवास (संघीय शसर्त अनुदान) लक्षित वर्गको आवास निर्माणका लागी १४ करोड ५० लाख रुपैंया बजेट छुट्टाईएको थियो ।

लुम्बिनी प्रदेश सरकार अन्र्तगत रहेको शहरी विकास तथा भवन कार्यालयको गत आर्थिक बर्षमा बाँके र बर्दियामा १९७ वटा घर निर्माण गर्ने योजना रहेको थियो ।

 

Next Post

फेरी बढ्न थाले बाँकेमा कोभिड संक्रमित

२०७८ पुष २२, बिहीबार १८:१५
संवाददाता, नेपालगंज। बाँकेमा रहेका ३ वटा ल्यावमा गरिएको जाँच अनुसार २६ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेका अनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा ४६ जना, मेडिकल कलेज कोहलपुर ल्यावमा ६३ जना र वागेश्वरी ल्यावमा २४ जनाको आरटी पीसीआर जाँच गरिएको थियो । २६ जना […]

सम्बन्धित शीर्षक