प्रेरणा गिरी, नेपालगंज।
विकसित र शिक्षा, स्वास्थ्य, रोजगारीको हब मानिने बाँकेको नेपालगंज क्षेत्रमा पनि निक्षर ब्यक्तिहरु छन । यस्ता निक्षर ब्यक्तिहरुलाई साक्षर बनाउन सामुदायिक सिकाइ केन्द्रले दुई महिने साक्षता कक्षा संञ्चालन गरेको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ को शान्ति टोलमा शुरु भएको साक्षरता कक्षामा आउनेलाई किताब, कापी, कलम र केही शैक्षिक सामाग्रीहरु पनि दिने गरिएको अध्यक्ष टिकाराम जोसीले बताउनुभयो ।
साक्षरता कक्षामा आउनेहरुलाई परिवारिक विवरण, बैंकिगं कारोबार, मोबाइल फोनको प्रयोग लगायतका बिषयमा पनि शिक्षण गराईने साक्षरता कक्षाका सहजकर्ता (परिचालक) अमृता गिरीले जानकारी दिनुभयो ।
साक्षरता कक्षा संञ्चालनका लागी जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ लगायत सरोकारवाला निकाय सँग समन्वय, सहकार्य गरिएको छ । साक्षरता कक्षामा बढी महिलाहरुको सहभागीता छ ।
- प्रशिक्षार्थी ।।