संवाददाता ।
स्वीटजरल्याण्डमा भएको जनमतसंग्रहले मुस्लिम महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउनु पर्ने बाध्यताको अन्त्य गरेको छ ।
आइतबार भएको जनमतसंग्रहको परिणामले बुर्का लगाउनु नपर्ने पक्षमा ५१ दशमलब २ प्रतिशत मत प्राप्त भएको छ । यसै गरी यसको विपक्षमा ४८ दशमलब ८ प्रतिशत मत प्राप्त भएको हो ।
जनमत संग्रहमा झिनो मतअन्तरले मात्रै मुस्लिम महिलाले बुर्का लगाउनु नपर्ने पक्षमा मतदान भएको हो । स्वीटजरल्याण्डको स्वीस पिपुल्स पार्टीले अतिबादको अन्त्य नारा दिएर बुर्काको बन्द गर्नुपर्ने विषयमा जनमत संग्रह गर्न प्रस्ताव गरेको थियो ।
स्वीस इस्लामिक समूहले भने मुस्लिमका लागि अध्यारो दिन भन्दै जनमत संग्रहको परिणामको विरोध जनाएको छ । जनमत संग्रहको परिणामका विपक्षमा अदालत जाने पनि जनाएको छ ।
एनटिभीबाट