तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न रहेको इजरायलको आरोप, कडा प्रत्युत्तर दिने चेतावनी

  ।   २०७८ श्रावण १६, शनिबार १४:२८


एजेन्सी । इजरायलले दुई जनाको ज्यान जाने गरी तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न भएको आरोप लगाएको छ । ओमानको तटीय क्षेत्रबाट अरब सागरतर्फ गइरहेको बेला एउटा ट्याङ्करमा आक्रमण हुँदा एक बेलायती र एक रोमानियाली नागरिकको ज्यान गएको थियो ।

इजरायलका पानीजहाज उद्यमी एआल ओफरको कम्पनीले घटनाको कारणबारेमा छानबिन भइरहेको बताएका बेला इजरायलका विदेशमन्त्री याइर लापिडले विज्ञप्ति निकालेर इरानी आतङ्कवादले आक्रमण गरेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

विज्ञप्तिमा आक्रमणको कडा प्रत्युत्तर दिने भन्दै मुद्दालाई संयुक्त राष्ट्रसंघमा प्रवेश गराउने उल्लेख छ । इरानले आफूमाथिका आरोपबारे प्रतिक्रिया जनाएको छैन । आक्रमण भएको क्षेत्रमा तनाव बढाउने विभिन्न घटना भइरहेका बीबीसीले जनाएको छ । आक्रमणमा परेको जहाजलाई अमेरिकी जलसेनाको सुरक्षामा गन्तव्यतिर लगिँदैछ । अमेरिकी विदेश मन्त्रालयले ट्याङ्करमा भएको आक्रमणको घटनाप्रति चिन्ता प्रकट गर्दै अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ । आक्रमणका घटनामा जहाजमा क्षति भए पनि मानिसको ज्यान जाने घटनालाई दुर्लभ मानिन्छ ।

Next Post

पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा एमालेको विघटित एकता कार्यदलका नेताहरुको जोड

२०७८ श्रावण १६, शनिबार १४:२८
काठमाण्डौ । नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो । नेकपा एमालेका […]