राष्ट्रिय वन उपभोक्ता महासंघ नेपालले काठ कटान, ओसारपसार र बिक्री वितरण तत्काल खुला गर्न सरकारसँग माग गरेको छ ।
साल बाहेकका काठ मात्र खुलाउने सरकारी निर्णयले १ करोड ४० लाख बढी उपभोक्तहरु आफ्नो घरगोठ बनाउनबाट बञ्चित भएको भन्दै महासंघले यस्तो माग गरेको हो ।
देशभरीका २२ हजार २ सय ६६ सामुदायिक वन व्यवस्थापन गरिरहेका २९ लाख घरधुरी र १ करोड ४० लाख उपभोक्ताहरु आफ्नो दैनिक कामबाट समेत बञ्चित भएको महासंघको भनाइ छ ।
जनता समाचारबाट