साझा प्रजातान्त्रिक समूहले गर्‍यो रौनियारको नेतृत्वमा उम्मेदवारी घोषणा

  ।   २०८० श्रावण १८, बिहीबार १८:५१

सबिता चन्द

नेपालगन्ज । बाँके नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आफ्ना उम्मेदवार घोषणा गरेको छ । आज बिहीबार नेपालगन्जको डिएसपी रोड स्थित म्याजेस्टिक पार्टी प्यालेसमा साझा प्रजातान्त्रिक समुहले उम्मेदवार घोषणा गरेको हो ।

आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समुहको तर्फबाट अगुवा व्यवसायी ललितकुमार रौनियारको अध्यक्षतामा १९ सदस्यीय प्यानलका सबै उम्मेदवारहरुको व्यक्तिगत परिचय दिदै उम्मेदवारी घोषणा गरिएको सो समूहले बताएको छ । सयौंको संख्यामा उपस्थित उद्धमी व्यावसायिहरुका बीच घोषणा गरिएको सो प्यानलमा उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ (वाणिज्य), मोहम्मद सफिक वेहना (उद्योग) र करिश्मा योगी(महिला) उपाध्यक्षका उम्मेदवारका रुपमा घोषणा गरिएको छ । यसैगरी संघको महासचिवका लागि टंकप्रसाद शर्मा, उप-महासचिव पदका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन बहादुर धामीको नाम घोषणा गरिएको छ ।

त्यसैगरी संघको सदस्यहरुमा व्यवसायी सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, युवराज ढकाल, प्रमोद कुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता, बलबहादुर बिष्टको नाम घोषणा गरिएको छ ।

यसैगरी एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषाेतम अग्रवाललाई सो समुहले मैदानमा उतारेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको संयोजक संजय थापाको अध्यक्षतामा आयोजित घोषणा सभमा पार्टीका नेताहरु, जनप्रतिनिधी, उद्योगी, व्यवसायी लगायतको सहभागिता रहेको छ।

Next Post

समावेशी प्यानलका संरक्षक स्वर्गीय दामोदरलाई स्मरण गर्दै धामीको नेतृत्वमा समावेशी प्यानलको उम्मेदवारी घोषणा

२०८० श्रावण १८, बिहीबार १८:५१
सबिता चन्द नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गरि समावेशी उद्योगी व्यवसायीको तर्फबाट टंकबाहादुर धामीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । बिहीबार सिद्धार्थ कटेजमा भएको व्यवसायीहरुको भेलामा समावेशी प्यानलका संरक्षक स्वर्गीय दामोदर आचार्यलाई स्मरण गर्दै समावेशी प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेको हो । आगामी भदौ २ गते […]