अपाङ्गता भएका विरामीका लागि नि:शुल्क स्वास्थ्य शिविर हुँदै

  ।   २०८० मंसिर २६, मंगलवार १५:०५

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

अपाङ्गता भएका बिरामीहरुका लागि नाक, कान, घाँटी, आँखा, फिजिसियन, फिजियोथेरापी लगायतका स्वास्थ्य सेवा प्रदान गर्नका लागि बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भिजन आँखा अस्पताल नेपालगन्ज र ब्रिनोज कान स्याहार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा पालिकाभित्र रहेका अपाङ्गता भएका विरामीहरुका लागि ९ नं. वडाको महादेवपुरी स्वास्थ्य चौकी, ढकेरीमा निःशुल्क स्वास्थ्य शिविर राखिएको ९ नं. वडाका सचिव पङ्कज चौधरीले जानकारी दिनुभयो ।

बिहिबार सञ्चालन हुने शिविरमा आउनुहुने सम्पूर्ण अपाङ्गता भएका विरामीहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य उपचारको सेवा प्रदान गरिने वडासचिव चौधरीले बताउनुभयो ।

गाउँपालिकाले सम्बन्धित सरोकारवालासँगको समन्वयमा पालिकाका विभिन्न ठाउँमा विभिन्न प्रकारका रोगी बिरामीहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य शिविरको आयोजना गरेर स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

 

Next Post

बाल सुधार गृहका १ सय १५ जनालाई राहत वितरण

२०८० मंसिर २६, मंगलवार १५:०५
नेपालगन्ज । बाँकेको नौवस्तामा रहेको बालसुधार गृहका बालबन्दीलाई विभिन्न सामग्रीहरु प्रदान गरिएको छ । बाँकेको बैजनाथ ३, गाभरस्थित नौवस्तामा रहेको बालसुधार गृहका बाल बिज्याईँकर्ताहरुलाई एड्भोकेसी फोरमले विभिन्न सामग्रीहरु प्रदान गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले जानकारी दिनुभयो । एडभोकेसी फोरमका संयोजक तथा अधिकारकर्मी बसन्त गौतमको संयोजनमा […]

सम्बन्धित शीर्षक