मनसुन बाहिरिन अझै केही दिन लाग्ने

  ।   २०७७ आश्विन २८, बुधबार २२:०८

काठमाण्डौ । नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले बुधबार एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट असोज २५ मा नै बाहिरिएको ९बहिर्गमन० भइसकेको भए पनि बाँकी भूभागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जनाएको छ । नेपालको केही भूभागमा बाँकी भएको मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्को भनाइ छ ।​ गएको वर्ष पनि मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो । यस वर्ष अझै केही दिन ढिलो हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको बताइएको छ ।

अहिले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदली रहेको छ । राति प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा आंशिक बदलीको सम्भावना रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

Next Post

नवनियुक्त मन्त्रीहरुले भोलि बिहान साढे ११ बजे शपथ लिने

२०७७ आश्विन २८, बुधबार २२:०८
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गर्नुभएको हो । नयाँ जिम्मेवारी पाउनुभएको मन्त्रीहरुको शपथ कार्यक्रम बिहीबार बिहान साढे ११ बजेका लागि तय भएको छ । नवनियुक्त तीन मन्त्रीले बिहीबार शीतल […]