खजुरा बजारको सडक तत्काल निर्माण थाल्न ठेकेदारलाई मन्त्री नमुनाको निर्देशन

  ।   २०७९ माघ ११, बुधबार २१:४३


बाँके । खजुरा बजार क्षेत्रको सडक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले निर्देशन दिनुभएको छ । लामो समयदेखि निर्माण अलपत्र रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरामा तत्काल निर्माण काम थाल्न उनले निर्देशन दिएकी हुन् ।

ठेकेदार बामदेव रेग्मीलाई फोन गरेर मन्त्री नमुनाले सडकका कारण सवारी साधन, यात्रु र स्थानीयले सास्ती पाएको भन्दै तत्काल फिल्डमा आएर काम थाल्न निर्देशन दिएकी थिइन् । ‘तपाईहरुलाई केही समस्या छ भने प्रदेश सरकार र म लगायत यहाँका माननीय ज्यूहरु बसेर हल गर्न तयार छौं’ उनले ठेकेदारलाई फोनमा भनिन्, ‘तुरुन्त फिल्डमा आएर काम थाल्नुहोस् । अब धेरै दिन कुरेर बस्न सकिदैंन । सरकारी तहबाट हुने तपाईका केही समस्या छन् भने हामी समाधान गर्नेछौं ।’

मन्त्री नमुनाले बुधबार राति नेपालगन्जबाट बर्दिया जाने क्रममा बाटोबाटै ठेकेदार रेग्मीलाई फोन गरेकी हुन् । उनले शुक्रबार नेपालगन्ज आएर भेट्न समेत निर्देशन दिइन् ।
‘अब सधैभरी जनतालाई सास्ती दिने भन्ने कुरा हुन्न’ उनले भनिन्, ‘अब जसरी भएपनि ठेकेदारले काम गर्नुपर्छ । अनेक समस्या देखाएर हुँदैन । केही समस्या छन् भने हामीलाई
भन्नुप¥यो ।’


काठमाडौंमा रहेका ठेकेदारलाई मन्त्री नमुनाले शुक्रबारसम्म नेपालगन्ज पुगेर आफुलाई सम्पर्क गर्न निर्देशन दिएकी छिन् । शुक्रबार छलफल भएपछि केही समस्या भए आफुहरु समाधान गर्न तयार रहेको मन्त्री नमुनाले बताइन् । मन्त्रीसँग ठेकेदार रेग्मीले तत्काल काम थाल्ने प्रतिवद्धता जनाएका थिए ।

Next Post

जग्गा, भवन छैन, राजनीतिक नेतृत्वको तानातानमा यातायात ब्यवस्था कार्यालय नेपालगंज

२०७९ माघ ११, बुधबार २१:४३
संवाददाता, नेपालगंज । आफनै सुविधा सम्पन्न भौतिक पूर्वाधारको अभाव झेल्दै आएको यातायात ब्यवस्था कार्यालय नेपालगंज फेरी पनि अस्थायि भाडाकै भवनमा सरेको छ । धेरै बर्ष नेपालगंज कोहलपुर सडक खण्ड अन्र्तगत पर्ने काँरकादो स्थित भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको यातायात कार्यालयले गत सातादेखी भने नेपालगंज ९ स्थित बाँकेगाउँबाट नियमित सेवा दिन […]