बालिका तथा किशोरीका लागि आत्मसुरक्षा तालिम सम्पन्न

  ।   २०८० बैशाख १०, आईतवार १४:५८

संवाददाता, राजापुर, बर्दिया ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ मा शुक्रबार (८ बैशाख २०८०) बालिका तथा किशोरीका लागि आत्मसुरक्षा तालिम सम्पन्न गरिएको छ ।

टीएनएफएमडीजीको आयोजना तथा ८ नम्बर वडा कार्यालय राजापुर नगरपालिका, युवा गोचाली क्लव बढैयाताल, सञ्चारिका समूह नेपाल बाँके शाखा र युवा बखेरी राजापुरको समन्वय, सहकार्यमा तालिम आयोजना गरिएको हो ।

‘ज्ञान सिप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ आयोजना गरिएको तालिमको उद्दघाटन गर्दै ८ नम्बर वडाका वडा अध्यक्ष राजेश थारुले क्षमता विकास गरी हिंसा, दुब्र्यवहारका घटनाबाट आफु मात्र बच्ने नभई अरुलाई पनि प्रोत्साहन गर्नुपर्ने बताउनुभयोे । उहाँले भन्नुभयो, ‘सुध्रेकाबाट सुधार गरौं ।’

यसैगरी इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक जय नेपाल थापाले सुरक्षाको प्रात्यभुति दिने मुख्य दायित्व राज्यको भएको भन्दै त्यसपछि अभिभावकको जिम्मेवारी पनि हुने बताउनुभयो ।

मानिस चेतनशिल ब्यक्ति भएकाले तालिमले आत्मनिर्भर, परिपक्क बनाउनुका साथै आर्थिक, सामाजिक विकास गराउन सहयोग गर्ने उहाँले बताउनुभयो । पत्रकार मिन अधिकारीले तालिम सिक्नेले राम्ररी सिकी आत्मनिर्भर हुनुहोस भन्नुभयो ।

उद्दघाटन कार्यक्रममा वडा नम्बर ८ का वडा सचिव नगेन्द्र प्रकाश ढकाल, टीएनएफएमडीजीका प्रेम विश्वकर्मा, रविन कुमार थारु, युवा गोचाली क्लवका सिद्धान्त थारु, आरती थारु, युवा बखेरीका उपाध्यक्ष भुमि चौधरी, किशोरी अभियान्ता मोनिका थारु लगायतको सहभागीता रहेको थियो ।

टीएनएफएमडीजीका संस्थापक राजेन्द्र घर्तिमगरको अध्यक्षतामा आयोजित तालिममा राजापुर नगरपालिका अन्र्तगत पर्ने १० वटा वडा र गेरुवा गाउँपालिका अन्र्तगत पर्ने ६ वटा वडाका बालिका तथा किशोरीहरुको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षक भने पुजा बैश्य हुनुहुन्थ्यो ।

Next Post

मन्त्री भएपछि राजबन्दीलाई भेटेर रन्जिता (श्रेष्ठ) चौधरीको निर्वाचन क्षेत्र यात्रा

२०८० बैशाख १०, आईतवार १४:५८
संवाददाता, काठमाण्डौँ । गत आम निर्वाचन (०४ मंसिर २०७९) बाट नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता (श्रेष्ठ) चौधरी कैलाली कैलाली—१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभयो । पार्टी स्थापनाको छोटो समयमा नै नेतृत्व लिँदै उहाँ सांसद बन्नुभयो । श्रेष्ठ कैलालीको टिकापुर घटनाका मुख्य कमाण्डर रेशम चौधरीको धर्मपत्नी हुनुहुन्छ । थरुहट आन्दोलनका […]

सम्बन्धित शीर्षक