विद्यालयमा सुरक्षित, समावेशी र बालमैत्री वातावरण सिर्जना गर्न शिक्षकलाई तालिम

  ।   २०८१ चैत्र ९, शनिबार १४:३५

नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाका दुई वटा पालिकाका शिक्षकहरुका लागि विद्यालयमा सुरक्षित, समावेशी र बालमैत्री वातावरण सिर्जना गर्न लैङ्गिक रूपान्तरणकारी समावेशी शिक्षाशास्त्र र कक्षाकोठा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सुरु गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तीन दिने तालिम सुरु गरिएको हो । सो तालिममा शिक्षकको पेशागत विकासको लागि सहयोग र शिक्षकहरूलाई लैङ्गिक रूपान्तरणकारी समावेशी शिक्षाशास्त्र लागू गर्ने भन्ने विषयमा प्रशिक्षण दिने कार्य भइरहेको बाँके युनेस्को क्लबले जनाएको छ ।
तीन दिनसम्म चल्ने सो तालिममा बर्दियाको मधुवन र राजापुर नगरपालिकाका १० वटा विद्यालयका शिक्षकहरू सहभागी हुनुहुन्छ । सो तालिममा सेवानिवृत्त शिक्षा प्रमुख नीलकण्ठ रेग्मीले सहजीकरण गरिरहनु भएको छ । सो तालिममा लैङ्गिक रूपान्तरणकारी शिक्षा÷शिक्षाशास्त्र अवधारणा, लैङ्गिक–उत्तरदायी र समावेशी शिक्षा पक्षहरूमा अवरोधहरूको विश्लेषण गर्ने शिक्षकहरूको सीप र किशोरीहरू सहित सबै बालबालिकाको समान सहभागिता सुनिश्चित गर्न शिक्षकहरूको सीप बृद्धि गर्ने कार्य भइरहेको जनाईएको छ । सोही प्रकारले समावेशी कक्षाकोठा व्यवस्थापन र बहु शिक्षण विधिहरू, कम सिक्ने, कमजोर प्रदर्शन गर्ने, शैक्षिक प्रक्रियामा विभिन्न सिकाइ क्षमताहरूका बारेमा पनि तालिममा विस्तृत छलफल हुनेछ ।

उक्त तालिममा बाँके युनेस्को क्लबका परियोजना संयोजक महेश नेपाली र फिल्ड सुपरभाइजर परमिशा थारु पनि सहभागि हुनुहन्छ ।

Next Post

नीति निर्माण र बजेट विनियोजनकालागि वकालत गर्ने पूर्वमन्त्री नमुनाको प्रतिबद्धता

२०८१ चैत्र ९, शनिबार १४:३५
नेपालगन्ज,। बाँके युनेस्को क्लबले बर्दियाका दुई वटा पालिकाका शिक्षकहरुका लागि सञ्चालन गरेको लैंगिक रुपान्तरित समावेशी शिक्षण विधि र कक्षा कोठा व्यवस्थापन तालिम सम्पन्न भएको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको हो । तीन दिनसम्म सञ्चालन भएको सो तालिमको समापन […]