बाँकेमा १ हजार ८ सय ९ जना संक्रमित डिस्चार्ज

  ।   २०७७ आश्विन २५, आईतवार ०७:२८

बाँके जिल्लामा उपचाररत १ जना कोरोना सङ्क्रमितको शनिबारराति मृत्यु भएको छ । नेपालगंज उप–महानगरपालिका वडा नम्बर १० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै कोहलपुर नगरपालिका ८ गोल्छा निवासी ७१ बर्षिया महिलाको पनि मृत्युभएको छ ।

यो सगैं बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ ।

यसैबीच आज बिहान ७ बजे जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जारी गरेको सूचना अनुसार आज १६ जना थप संक्रमित निको भएर डिस्चार्ज भएका छन ।

यो सगैं कुल डिस्चार्ज हुनेहरुको संख्या १ हजार ८ सय ९ जना पुगेको छ । अब कुल संक्रमितको संख्या २ हजार ३ सय ६९ जना मध्ये ५ सय ५४ जना आइसोलेसनमा रहेका छन ।

Next Post

पहिलो पटक कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव

२०७७ आश्विन २५, आईतवार ०७:२८
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीकै सांसदले प्रदेश सभा संसदीय दलमा अविश्वास प्रस्ताव बुझाएका छन । नेकपा संसदीय दलका नेता समेत रहनुभएका शाहीविरुद्ध आज १८ जना सांसदले अविश्वासको प्रस्ताव लगेका हुन । सांसद यामलाल कँडेलको अगुवाइमा हस्ताक्षर सङ्कलन गरी संसदीय दलमा अविश्वास प्रस्ताव बुझाइएको […]