टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले ओमानलाई २६ रनले हरायो

  ।   २०७८ कार्तिक ३, बुधबार ०७:१३

काठमाण्डौ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले ओमानलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा भएको खेलमा घरेलु टोलीलाई २६ रनले हराउँदै बंगलादेशले पहिलो जित निकालेको हो ।

बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिए । यस्तै शकिब अल हसनले ३ तथा मोहमद सैफुदीन र मेहदी हसनले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो ।

बंगलादेशका लागि मोहमद नाइमले ६४ रनको अर्धशतकीय पारी खेले । ओमानका बिलाल खान र फायज बटले ३/३ विकेट लिए । कालिमउल्लाहले २ विकेट लिए । पहिलो चरणको समूह ‘बी’ मा रहेको बंगलादेशले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको थियो ।

ओमानले पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको थियो । ओमानले पनि २ खेलमा २ अंक जोडेको छ । हिजो भएको पहिलो खेलमा स्कटल्याण्डले पपुवा न्युगिनीलाई १७ रनले हराउँदै दोस्रो जित निकालेको छ ।

Next Post

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

२०७८ कार्तिक ३, बुधबार ०७:१३
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी […]