शनिबार थपिए १ हजार ९४६ कोरोना सङ्क्रमित, २ हजार ५०३ जना डिस्चार्ज

  ।   २०७७ कार्तिक २९, शनिबार १६:४०


काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख आठ हजार दुई सय ९९ पुगेको छ ।

शनिबार थप एक हजार नौ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा दुई हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७० हजार ६ सय ३२ पुगेको छ । अब नेपालमा ३६ हजार चार सय ५३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै एक हजार ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय १५ पुगेको छ ।

Next Post

भेरी अस्पताल, नेपालगन्ज : २४ जनामा कोरोना पोजिटिभ पुष्टि

२०७७ कार्तिक २९, शनिबार १६:४०
बाँके । भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा शनिबार ९७ जनाको स्वाब संकलन गरेको मध्ये २४ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । शनिबार दिँउसो २ बजे अस्पतालले जारी गरेको सूचना अनुसार बाँकेका १७, बर्दिया र दाङका ३/३ जना र नवलपरासीका एक जना रहेका छन् । प्रयोगशालामा प्राप्त ४८ हजार तीन […]