भेरी अस्पताल, नेपालगन्ज : २४ जनामा कोरोना पोजिटिभ पुष्टि

  ।   २०७७ कार्तिक २९, शनिबार १८:०३

बाँके । भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा शनिबार ९७ जनाको स्वाब संकलन गरेको मध्ये २४ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

शनिबार दिँउसो २ बजे अस्पतालले जारी गरेको सूचना अनुसार बाँकेका १७, बर्दिया र दाङका ३/३ जना र नवलपरासीका एक जना रहेका छन् ।

प्रयोगशालामा प्राप्त ४८ हजार तीन सय ६६ जनाको स्वाब नमुना जाँच कार्य सकिएको छ ।

जाँच गरिएका नमुना मध्ये चार हजार एक सय २७ वटा नमुनामा कोरोना पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ९७ जनाको कोरोना परीक्षण गरिएको अस्पतालद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

यस्तै बाँकेबाट आज ३१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १५ पुरुष र १६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या तीन हजार दुई सय ६९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेश बाबु श्रेष्ठले बताउनुभयो ।

कोरोनाका कारण बाँकेमा ३६ जनाको मृत्युु भइसकेको छ ।

 

Next Post

दिल्लीमा हालसम्मकै उच्च वायु प्रदूषण

२०७७ कार्तिक २९, शनिबार १८:०३
काठमाडौं । भारतको राजधानी दिल्लीलगायत वरपरको क्षेत्रमा पछिल्लो केही दिनयता वायु प्रदूषण उच्च स्तरमा पुगेको छ । दिल्ली वरपरि हरियाणा र पंजाबमा पराल जलाएका कारण पनि दिल्लीमा अत्यधिक प्रदूषण बढेको हो । प्रदूषणलाई मध्यनजर गर्दै दिल्लीलगायत भारतका धेरै राज्यले दीपावलीमा पटाका बिक्री–वितरणमा समेत रोक लगाएका छन् । दीपावलीमा पटाका बिक्री-वितरणमा […]

सम्बन्धित शीर्षक