नेपालगन्जको राझामा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु

  ।   २०७८ असार ३०, बुधबार २३:५०

नेपालगन्ज । नेपालगन्ज देखि राँझा एर्पाेट तर्फ गइरहेको भे ७ प ९१९४ नम्वरको मोटरसाइकल नेपालगन्जको राझामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गनापुर प्रहरी चौकिका प्रमुख प्रेम सिंह भण्डारीका अनुसार मोटरसाइकलको गति तीब्र भएकोले मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको हो । मोटरसाइकल चालक शंकर शाही हुम्ला जिल्ला सर्केगाड -७ रोडिकोट ठूलो गाउँ निवासी भएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै चालक शाहीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको र मेडिकल कलेज मै निधन भएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनु भयो ।

Next Post

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको सक्रियता र कामप्रतिको निष्ठालाई सबैतिरबाट सम्मान

२०७८ असार ३०, बुधबार २३:५०
सुर्य प्रसाद धिताल । दाङ्गका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले फोर ल्यान सडक, क्रसर उद्योग र ट्रिपरको विषयमा उल्झीएका समस्याहरु केहि समयमै समाधान हुने बताउनुभएको छ । रिपोर्टर्स क्लव दाङमा बुधबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले यस क्षेत्रमा सञ्चालन भएका सिमेन्ट उद्योगमा प्रयोग भएका ट्रिपरहरु मापदण्ड […]

सम्बन्धित शीर्षक