लैंगिक समानता र रोजगारीमा पर्ने प्रभाव बारे बर्दियामा संवाद

  ।   २०७९ मंसिर २६, सोमबार २१:२६


नेपालगञ्ज । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लाको गुलरियामा सेवा प्रदायक र सेवाग्राहीबीच आयोजना लैंगिक समानता र त्यसको रोजगारी सिर्जनामा ​​पर्ने प्रभाव सम्बन्धी संवाद कार्यक्रमको आयोजना गरिएको छ।
क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख सामाजिक विकास वरिष्ठ अधिकृत मुकुन्द अर्याल, उद्यम विकास शाखा प्रमुख तिर्थराज कँडेल, महिला विकास शाखाका प्रमुख शिला शाह, रोजगार शाखाका सहायक संयोजक अमि। खड्का, साना घरेलु उद्योग कार्यालयका केशवराज सिग्देल, शिक्षा शाखा प्रमुख सतिश यादव, उद्योग वाणिज्य संघ बर्दियाका उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठ र महिला उद्यमी समुहका उमा पन्थ लगायतको सहभागिता रहेको थियो ।                           
लैङ्गिक समानता र त्यसको रोजगारीमा पार्ने प्रभाव र लैङ्गिक समानतालाई प्राथमिकतामा राखेर रोजगारीका अवसरलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा छलफल गरेर निष्कर्शमा पुग्न सो संवाद र अभिमुखिकरणको आयोजना गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द लापमछानेले बताउनुभयो । कार्यक्रमको सञ्चालन बसन्त बुढाथोकीले गर्नुभएको थियो ।

Next Post

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

२०७९ मंसिर २६, सोमबार २१:२६
संवाददाता । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा […]

सम्बन्धित समाचार