युरोपेली ६ देशद्वारा अफगान आप्रवासीको निर्वासन नरोक्न आग्रह

  ।   २०७८ श्रावण २७, बुधबार ०६:५१


एजेन्सी । युरोपेली संघ ईयूका ६ देशले अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आह्वान गरेका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, बेल्जियम, ग्रीस र नेदरल्याण्डका सरकारले युरोपली संघको कार्यकारी निकायसँग शरणसम्बन्धी कानुन अनुसार उनीहरूलाई शरणार्थी स्वीकार गर्न नसक्ने भए स्वदेश फिर्ता पठाउने अनुमति दिनुपर्ने बताएका एएफपीले जनाएको छ ।

यसअघि अफगानिस्तानले जुलाईमा यूरोपेली देशलाई तीन महिनासम्मका लागि अफगान प्रवासीलाई जबर्जस्ती आफ्ना नागरिकलाई देश नपठाउन आग्रह गरेको थियो । जुलाई ११ मा अफगानिस्तानले गरेको अपिलपछि स्वीडेन र फिनल्याण्डले अफगान शरणार्थीलाई जबर्जस्ती फिर्ता गर्न रोकेका थिए ।

तालिबान विद्रोही र सरकारी सेनाबीच अफगानिस्तानमा लडाइँ हुँदै आएको छ । दशौँ हजार मानिस आफ्नो घर छोडेर भाग्न र विभिन्न देशमा शरण लिन बाध्य भएका छन् ।

Next Post

बालबालिकाले मास्क लगाउनु जरुरी छ ?

२०७८ श्रावण २७, बुधबार ०६:५१
काठमाडौं । पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउँदा पनि हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सामान्यतया ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ । छ देखि ११ वर्षका बालबालिकाले भने कोभिड–१९ समुदायमा व्यापक रुपमा फैलिएको छ भने मास्क […]