बालबालिकाले मास्क लगाउनु जरुरी छ ?

  ।   २०७८ श्रावण २७, बुधबार ०७:१०


काठमाडौं । पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउँदा पनि हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सामान्यतया ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

छ देखि ११ वर्षका बालबालिकाले भने कोभिड–१९ समुदायमा व्यापक रुपमा फैलिएको छ भने मास्क लगाउनु पर्नेछ ।

“बालबालिकाले सुरक्षित रुपमा मास्क प्रयोग गर्न, धुन वा प्रतिस्थापन गर्न सक्छन् भने उनीहरुले मास्क लगाउनु पर्छ । बालबालिका हालसालै उच्च जोखिममा भएकाहरुको सम्पर्कमा पुगेका छन् भने पनि उनीहरुले मास्क लगाउनु पर्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ ।

दश वर्ष वा सोभन्दा माथिका बालबालिकालाई भने वयस्कले जसरी नै मास्क लगाउन आग्रह गरेको स्वास्थ्य मन्त्रालयले अपाङ्गता भएका बालबालिकाको हकमा सक्षमता र हित हेरेर मात्र मास्क लगाउन भनेको छ ।

दौउँदा, उफ्रँदा वा अरु खेलकुदमा सहभागी हुँदा मास्क नलगाउन पनि मन्त्रालयको अनुरोध छ ।

मास्कको उचित प्रयोग र खोप नै कोरोना संक्रमणबाट बच्ने उत्तम उपाय भएकाले यसको प्रयोग गर्न र सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न मन्त्रालयले आग्रह गर्दै आएको छ । पछिल्लो समय दैनिक कोरोना संक्रमण दर उच्च रहेको र मृत्यु पनि बढ्दै गएको भन्दै विशेष सावधानी अपनाउन सरकारले आग्रह गर्दै आएको छ ।

Next Post

कोभिडको उच्च जोखिममा बालबालिका, साउनमा मात्रै ५ हजार बढी संक्रमित

२०७८ श्रावण २७, बुधबार ०७:१०
काठमाडौं । चार सातादेखि लगातार कोरोना संक्रमितको संख्या बढेसँगै २० वर्ष मुनिका बालबालिका संक्रमित हुने क्रम पनि बढ्दो छ । साउन महिनाभित्रै ५ हजार भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् । दिनहुँ आउने संक्रमितको कुल संख्यामा १० प्रतिशत बालबालिका नै छन् । साउन महिनाको यो अवधिसम्ममा नेपालमा ७० हजार व्यक्तिमा […]