एक हप्ताभित्र सेना फिर्ता गर्न अमेरिकालाई तालिवानले दियो अल्टिमेटम

  ।   २०७८ भाद्र ८, मंगलवार ०७:१८

एजेन्सी । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालीवानी समूहले महाशक्ति राष्ट्र अमेरिकालाई एक हप्ताभित्र सेना फिर्ता नलगे गम्भीर परिणाम भोग्न तयार रहन भनेको छ ।

त्यहाँ बाँकी रहेका अमेरिकी सेना धमाधम फर्किरहेको बेला तालीवानी समुहका प्रवक्ता सोहेल शाहीनले एक विज्ञप्तिमार्फत अमेरिकी सेना फिर्ताका लागि आगामी भदौ १५ गतेसम्मको समयसीमा तोकिदिएका छन् । उद्धारका लागि अफगान बिमानस्थलमा तैनाथ अमेरिकी सेनालाई लक्षित गर्दै तालीवानीले फिर्ता हुन दबाब दिएको हो ।

तालीवानीको पछिल्लो चेतावनीको असर अफगानिस्तानको काबुल बिमानस्थलमा रहेका सयौं नागरिकमा परेको छ । देश छोड्नेको लर्को लागिरहेकै बेला तालीवानीको धम्कीसंगै सर्वसाधारणमा त्रास चुलिएको छ ।

तालीवानीको पछिल्लो चेतावनीप्रति अमेरिकी प्रतिक्रिया भने आएको छैन । यसअघि अमेरिकाले अफगानिस्तानबाट बाहिरिन चाहने जो कोहीको उद्धारका लागि भन्दै १८ वटा ब्यावसायिक बिमान प्रयोग गर्ने बताएको थियो ।

Next Post

प्रिमियर लिगमा वेष्ट ह्यामद्धारा लेष्टर सिटी फराकिलो अन्तरले पराजित

२०७८ भाद्र ८, मंगलवार ०७:१८
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले लेष्टर सिटीलाई ४–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई विजयी गराउन मिचेल एन्टोनियोले दुई गोल गर्दा पाब्लो फोर्नाल्स र साइद बेन्राहमाले एक एक गोल थपे । पराजित टोली लेष्टर सिटीका युरी टिलेमन्सले एक गोल गरेका थिए […]

सम्बन्धित समाचार