प्रिमियर लिगमा वेष्ट ह्यामद्धारा लेष्टर सिटी फराकिलो अन्तरले पराजित

  ।   २०७८ भाद्र ८, मंगलवार ०७:१९

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले लेष्टर सिटीलाई ४–१ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई विजयी गराउन मिचेल एन्टोनियोले दुई गोल गर्दा पाब्लो फोर्नाल्स र साइद बेन्राहमाले एक एक गोल थपे ।

पराजित टोली लेष्टर सिटीका युरी टिलेमन्सले एक गोल गरेका थिए । खेलको ४० औं मिनेटमै अयोजे पेरेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० जनामा समेटिएको लेष्टर सिटी दबाबमा आएको थियो ।

यो खेलमा दुई गोल गर्न सफल एन्टोनियोले वेष्ट ह्यामका लागि सर्वाधिक ४९ गोल गर्ने किर्तीमान बनाएका छन् । यसअघि इटालीयन खेलाडी पाउलो डि क्यानियोको नाममा ४७ गोलको किर्तीमान रहेको थियो ।

Next Post

सन् २०२१ काे विश्व जनसङ्ख्या 'तथ्याङ्क पत्र' जारी

२०७८ भाद्र ८, मंगलवार ०७:१९
तस्बिर : पीआरबी डट ओआरजी काठमाण्डाै | काेभिड–१९ सम्भवतः विश्वका केही देशमा कच्चा मृत्यु दरमा वृद्धि र संयुक्त राज्य अमेरिकामा जीवन आशामा गिरावटकाे कारण हाे । प्रजनन दरमा महामारीकाे प्रभाव अझै पनि निकै हदसम्म थाहा भएकाे छैन । विश्वकाे जनसङ्ख्या सन् २०५० सम्म ९ दशमलव ७ बिलियनसम्म पुग्ने सम्भावना छ, […]