नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज हङकङसँग खेल्दै

  ।   २०७८ आश्विन ५, मंगलवार ०७:२६

काठमाण्डौ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे उज्वेकिस्तानको जेएआर मैदानमा सुरु हुनेछ । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले हारेको थियो ।

छनोटका लागि नेपालले आजको खेल जितेर मात्रै पुग्दैन । फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नुपर्नेछ । तीन वटै टोलीले बराबरी अङ्क बनाए नेपाल शीर्षस्थानमा रहन सक्छ । यसअघि नेपालले हङकङसँग दुई खेल खेलेकोमा दुवैमा हार बेहोरेको थियो ।

सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० र १९८९ मा भएको खेलमा ३–० ले हारेको थियो । चौध पटक एसियन कम खेलिसकेको हङकङ फिफा वरीयताको ७६ औं स्थानमा छ । नेपाल एक सय एक औं स्थानमा छ ।

Next Post

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै

२०७८ आश्विन ५, मंगलवार ०७:२६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बुधबारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, […]