अनुसन्धान प्रमाणीकरण कार्यशाला सम्पन्न

  ।   २०७९ असार २४, शुक्रबार १७:२३

संवाददाता, नेपालगंज ।

बाँकेको नेपालगंजमा आज नेपाली राजनीतिमा अनलाइन लैंगिक हिंसाको अवस्था अनुसन्धान प्रमाणीकरण कार्यशाला सम्पन्न गरिएको छ ।

कार्यशालामा बाँके, बर्दिया सहित विभिन्न जिल्लाका राजनीतिककर्मी महिला, जनप्रतिनिधि, यौनिक तथा लैंगिक अल्पसंख्यक, सामाजिक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

पर्पल फाउन्डेसनले नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडीआइ) सँगको साझेदारी र युएसएआइडीको आर्थिक सहयोगमा ‘नेपाली राजनीतिमा सक्रिय महिला र लैंगिक यौनिक अल्पसंख्यक विरुद्ध हुने हिंसा’ संम्बन्धि अनुसन्धान कार्य सकेको छ ।

सोही अनुसन्धानबाट आएका प्रारम्भिक नतिजाहरुलाई अनुसन्धानका उत्तरदाता, राजनीतिक दलका नेता सगैं अन्य विभिन्न सरोकारवालाहरु सँग साझा र प्रमाणीकरण गर्नका लागी कार्यशाला आयोजना गरिएको पर्पल फाउन्डेसनले जनाएको छ ।

 

Next Post

बाँके नरैनापुरलाई सुगम बनाउने मन्त्री राइको प्रतिबद्धता

२०७९ असार २४, शुक्रबार १७:२३
बाँके । नवनियुक्त भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । सोमबार भएको कार्यक्रममा मन्त्री राइले नरैनापुरलाइ दुर्गम बाट सुगम बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो  ।                    नरैनापुर गाउँपालिकाकाले आयोजना […]