बाँके नरैनापुरलाई सुगम बनाउने मन्त्री राइको प्रतिबद्धता

  ।   २०७९ असार २८, मंगलवार ११:०९

सुर्य प्रसाद धिताल

बाँके । नवनियुक्त भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । सोमबार भएको कार्यक्रममा मन्त्री राइले नरैनापुरलाइ दुर्गम बाट सुगम बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो  ।   नरैनापुर गाउँपालिकाकाले आयोजना गरेको एक कार्यक्रममा मन्त्री राईलाई बधाई एवं शुभकामना दिइएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले नरैनापुर बासीहरुकै कारण आफु राजनितिमा सफल भएको बताउदै उहाले नरैनापुर बासीको ऋण जिवनको अन्तिम सास सम्म समेत तिर्न नसक्ने बताउनु भयो । उहाँले भन्नु भयो, ´नरैनापुरलाई दुर्गमको रेखा मुनिबाट हटाएर सुगम बनाउने तर्फ भुमिका खेल्छु । मन्त्री राईले नरैनापुरमा छात्रा विद्यालय निर्माण देखि रोड, पुल लगायत भौतिक संरचना निर्माणका  लागि १५ दिन भित्रै ४० करोड बजेट विनियोजन गरेर सिलान्यास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

मन्त्री राईलाई स्वागत गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले ‘दुर्गम स्थानको बारेमा परिभाषा बदल्न जरुरी छ । मोटरबाटो नपुगेका स्थानमा मोटरबाट नपुग्दासम्म अति दुर्गम स्थानका रूपमा परिभाषित गरेर त्यही अनुसारको बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्छ,’ अध्यक्ष शाहले भन्नुभयो, ‘नरैनापुर जस्ता विकट वडा र गाउँबारे थप योजना ल्याउन मन्त्री राई संग माग गर्नु भयो ।’

अध्यक्ष शाहले भने ‘विकटतामा पनि हामीले सुगमता खोज्ने योजना ल्याउने हो । नयाँ सम्भावना के हुन सक्छ, खोज्ने हो,’उहाँले भन्नुभयो ‘यहाँ विकट भनेर छोड्ने हो, भने यहाँको भूमि, नदीनाला, र सार्वजनिक सम्पत्तिको जगेर्ना कसले गर्ने ? यही विकट स्थानलाई सुगम बनाउन सरकारले पहल गर्नु पर्छ ।’ मन्त्री राईलाई अध्यक्ष शाहले २३ वटा योजनाको माग पत्र हस्तान्तरण गर्नु भएको थियो ।
स्थानीय नागरिकहरुले तेस्रो पटक मन्त्री बनेका राईलाई बधाई दिदै नरैनापुरलाई दुर्गमबाट सुगम बनाइ दिन माग गरेका थिए।

मन्त्री राईलाई नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवस्तव, वडा नं १,२,३,४ र ६ का अध्यक्षहरु ,  वडा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, योजना शाखा प्रमुख भरत महतो, लेखापाल प्रकाश अधिकारी लगायतले बधाई दिनु भयो भने सो कार्यक्रममा जनता समाजवादी पार्टी बाँके अध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई, सचिव राजेन्द्र बिश्वकर्मा लगायत नेताहरुको सहभागिता रहेको थियो ।

Next Post

राष्ट्रपति समक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश (पूर्णपाठ)

२०७९ असार २८, मंगलवार ११:०९
संवाददाता । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७-७८ को महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । बुधबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गरिएको हो । संवैधानिक निकायहरूले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । पूर्णपाठ हेर्न लिंक खोल्नुहोस […]