जग्गा, भवन छैन, राजनीतिक नेतृत्वको तानातानमा यातायात ब्यवस्था कार्यालय नेपालगंज

कारकाँदोबाट फेरी बाँकेगाउँ स्थित भाडाकै भवनमा पुग्यो

  ।   २०७९ माघ १२, बिहीबार १४:३५

संवाददाता, नेपालगंज ।

आफनै सुविधा सम्पन्न भौतिक पूर्वाधारको अभाव झेल्दै आएको यातायात ब्यवस्था कार्यालय नेपालगंज फेरी पनि अस्थायि भाडाकै भवनमा सरेको छ ।

धेरै बर्ष नेपालगंज कोहलपुर सडक खण्ड अन्र्तगत पर्ने काँरकादो स्थित भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको यातायात कार्यालयले गत सातादेखी भने नेपालगंज ९ स्थित बाँकेगाउँबाट नियमित सेवा दिन थालेको हो ।

सडक विस्तार र घरधनीले पनि कार्यालय सार्न आग्रह गरेपछि यातायात कार्यालय बाँकेगाउँ आउनुपरेको हो ।

लुम्विनी प्रदेश सरकार, श्रम तथा यातायात ब्यवस्था मन्त्रालय अन्र्तगत रहेको यातायात ब्यवस्था कार्यालय नेपालगंज स्थानीय रामलिला मैदानको दक्षिणतिर बाँके गाउँमा सरेपछि त्यस क्षेत्रमा अहिले मानिसहरुको चहलपहल सगैं ब्यवासायिक गतिविधि पनि बढेको स्थानीयले बताएका छन ।

यातायात ब्यवस्था कार्यालय नेपालगंजमा भएपनि प्राविधिक सिप परीक्षण (ट्रायल) को कार्य भने कोहलपुरबाट नै हुने यातायात कार्यालयले जनाएको छ ।

भाडाको भवनबाट सेवा प्रवाह गर्दा समस्या खेप्नुपर्ने र भने जस्तो भौतिक संरचना पाउन कठिन हुने भएकाले आफ्नै जग्गा र भवनको खोजीमा यातायात कार्यालय धेरै बर्षदेखी खोजीमा लागीरहेको छ ।

नेपालगंजमा कतै पनि ठाउँ नपाएपछि कोहलपुर स्थित प्राविधिक सिप परीक्षण गर्ने (ट्रायल) सेन्टरकै जग्गामा कार्यालय संञ्चालन गर्न सकिने केही संम्भावना रहेपनि राजनीतिक नेतृत्वले भने नेपालगंजबाट कोहलपुर यातायात कार्यालय लैजान समर्थन नजनाएको बताईन्छ ।

त्यसकारण पनि यातायात ब्यवस्था कार्यालय अहिले पनि आफनै जग्गा समेतको सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने कार्यको खोजीमा रहेको छ । तर राजनीतिक नेतृत्वले न त जग्गा उपलब्ध गराउन सकेका छन । न त कार्यालय नै सार्न सहमति जनाएका छन ।

यातायात ब्यवस्था कार्यालय नेपालगंजबाट सवारी दर्ता, नामसारी, प्रतिलिपी, नविकरण तथा सरुवा सहमति, सवारीको जाँचपास, जाँच पासको नविकरण तथा प्रतिलिपी, बाटो इजाजत पत्र, बाटो इजाजत पत्र नविकरण, प्रतिलिपी, सवारी चालक अनुमति जारी, सवारी चालक अनुमति पत्रमा वर्ग थप लगायतका कार्यहरु हुदै आएका छन ।

प्राय : दैनिक जसो अत्याधिक सेवाग्राहीको चाप भईरहने यातायात कार्यालय ब्यवस्थित हुन नसक्दा आम सेवाग्राही समेत सेवा लिन जाँदा अलमलमा पर्ने गरेका छन । कतिपयले त, महँगो शुल्क तिरेर विभिन्न ब्यक्तिहरु मार्फत काम गराउनुपर्ने बाध्यता रहेको गुनासो गर्ने गरेका छन ।

Next Post

उपमहानगरलाई बाल श्रममुक्त बनाउन सक्रियता

२०७९ माघ १२, बिहीबार १४:३५
संवाददाता, नेपालगंज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका बाल श्रम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउने गरी अगाडि बढेको छ । नगरलाई छिट्टै बाल श्रममुक्त बनाउने गरी तदारुकता देखाएको नेपालगञ्ज उपमहानगरपालिकाले सरोकारवालाहरुसंग अन्तरक्रिया थालेको हो । आज सरोकारवालाहरुसंग अन्तरक्रिया गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले पहिलेको तुलनामा बाल श्रम घटे पनि चुनौती कायमै रहेकाले सहकार्य, समन्वय र हातेमालो […]