बाँकेमा कोरोना रोगको प्रकोप दर ०.२९ प्रतिशत

  ।   २०७७ आश्विन ८, बिहीबार १७:३०

 नेपालगंज
बाँकेमा कोरोना संक्रमितहरुको संख्या १ हजार ७ सय ३४ जना पुगेको छ ।

आज मात्रै पनि भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा १२ जना, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा १८ जना, वागेश्वरी ल्यावमा २ जनालाई कोरोनाको संक्रमण पाईएको छ ।

संक्रमित मध्ये १ हजार ३ सय ५६ जना ब्यक्तिहरु निको भएका छन ।

हाल सम्म बाँकेमा जिल्ला भित्रका ११ जना र बाहिरी जिल्लाका ५ जना ब्यक्तिहरुको मात्र मृत्युभएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

अहिले ३ सय ६७ जना उपचारमा रहनुभएको छ । बाँकेमा मृत्युदुर ०.६३ प्रतिशत, बिरामी निको हुने दर ७८.२० प्रतिशत रहेको छ । यसैगरी रोगको प्रकोप दर ०.२९ प्रतिशत रहेको छ ।

Next Post

बाँके जिल्लाबाट आज थप पाँच जना कोरोना जितेर घर फर्किदै

२०७७ आश्विन ८, बिहीबार १७:३०
बाँके । बाँके जिल्लाबाट आज (शुक्रबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका पाँच जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा पाँचै जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार ३६१ पुगेको छ […]

सम्बन्धित समाचार