बाँके जिल्लाबाट आज थप पाँच जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ आश्विन ९, शुक्रबार ०७:११

बाँके । बाँके जिल्लाबाट आज (शुक्रबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका पाँच जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा पाँचै जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार ३६१ पुगेको छ ।

बाँकेमा हालसम्म एक हजार ७५० जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये १२ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३८४ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ७७.७७ प्रतिशत, मृत्यु दर ०.६९ प्रतिशत र रोगको प्रकोप दर ०.२९ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखलाई

२०७७ आश्विन ९, शुक्रबार ०७:११
काठमाण्डौ । यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । सेभियालाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै बायर्नले सात वर्षपछि यो प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको बायर्न त्यसपछि फाइनल खेल्न सकेको थिएन । सेभिया भने पछिल्लो १० वर्षमा चौथो पटक यूईएफए […]