यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखलाई

  ।   २०७७ आश्विन ९, शुक्रबार ०७:२२

काठमाण्डौ । यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ ।

सेभियालाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै बायर्नले सात वर्षपछि यो प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको बायर्न त्यसपछि फाइनल खेल्न सकेको थिएन । सेभिया भने पछिल्लो १० वर्षमा चौथो पटक यूईएफए सुपर कपको फाइनलमा पराजित भएको हो ।

हंगेरीको बुढापेष्टमा भएको खेलमा १३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरे । त्यसपछि ३४ औं मिनेटमा बायर्नका लियोन गोरेज्काले गोल गरेपछि खेल १–१ को बराबरी भयो । त्यसपछि दोस्रो हाफमा गोल हुन सकेन ।

निर्धारित ९० मिनेटमा एक-एकको बराबरी खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि एक सय चार मिनेटमा बायर्नका मार्टिनेज अगुइनागाले गोल गरेपछि बायर्न विजयी भएको हो ।

Next Post

विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

२०७७ आश्विन ९, शुक्रबार ०७:२२
एजेन्सी । विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित भएका पाइएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढी पहिरो, खडेरी आँधीबेहरीबाट उनीहरु प्रभावित हुन पुगेका एक प्रतिवेदनले जनाएको छ । इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी) को क्लाइमेट सेन्टरले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनमा मानव […]

सम्बन्धित शीर्षक