प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : वाग्मती प्रदेशस्तरीय छनोट खेल भोलिदेखि, सात टोलीबीच प्रतिस्पर्धा हुने

  ।   २०७७ पुष १५, बुधबार ०७:११

काठमाण्डौ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता भोलिदेखि हुने भएको छ ।

प्रतियोगितामा वाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा वाग्मती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको टोली सहभागी हुनेछ । पुस २१ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौ र भक्तपुरबीच प्रतिष्पर्धा हुनेछ ।

कीर्तिपुर त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने खेलमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाण्डौ, भक्तपुर, नुवाकोट र मकवानपुर तथा समूह ‘बी’ मा ललितपुर, चितवन र त्रिभुवन विश्वविद्यालय टोली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसईई परीक्षाका लागि आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय तोकियो

२०७७ पुष १५, बुधबार ०७:११
काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरुले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ […]

सम्बन्धित समाचार