शैक्षिक गुणस्तर बढाउन शिक्षकहरुलाई द्रुत सिकाई तालिम

  ।   २०८१ भाद्र २९, शनिबार १३:५०

नेपालगन्ज । प्रधानाध्यापक तथा शिक्षकहरुका लागि आपुरण तथा द्रुत सिकाई सम्बन्धी (रियल प्लान) अचिमुखीकरण कार्यक्रमको शुरुवात भएको छ ।

गुलरिया नगरपालिका भित्रका ४६ वटा बिद्यालयका प्रधानाध्यापक तथा विषयगत शिक्षकहरुका लागि सिकाई आपुरण तथा द्रुत सिकाई (रियल प्लान) सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि गुलरिया नगरपालिकामा शुरुवात भएको हाे । कोभिड–१९ का कारण बालबालिकाको शिक्षण–सिकाईमा पर्न गएको असर कम गर्ने तथा शैक्षिक गुणस्तर बढाउने उदेश्यले निदानत्मक तथा उपचारात्मक कक्षा सन्चालनका लागी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सतिश यादवले जानकारी गराउनु भएको छ ।

यस अभिमुखीकरण कार्यक्रम अन्र्तगत पहिलो चरणमा गुलरिया नगरपालिका भित्र रहेका ४६ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापक हरुलाई १ दिने सिकाई आपुरण तथा द्रुत सिकाई सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रम शिक्षा प्रमुख सतिश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको र सो कार्यक्रममा नगर उप प्रमुख साबित्रा गौतम, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह र चन्द्र खत्री तथा लक्षमण थारुको उपस्थिीती रहेको थियो

दोस्रो चरण अन्तर्गत गुलरिया नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयका ९२ जना बिषयगत शिक्षकहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम भदाै २९ र ३० गते सन्चालन हुने जानकारी गराइएको छ । साे कार्यक्रममा नेपाल सरकारको शिक्षा मन्त्रालयबाट कार्यन्वयन गरिएको सिकाई आपुरण तथा द्रुत सिकाई (रियल प्लानको नीति) अन्र्तगत प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको समन्वय तथा साझेदारीमा सन्चालित गरिएको सशक्त बालिका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भएको छ । साे अभिमुखिकरण पश्चात कक्षा ३ देखि ८ कसम्मका बिद्यार्थीको परिक्षा संचालन गरी न्यूनतम ३५ भन्दा कम अंक ल्याउने बिद्यार्थीहरुलाई उपचारात्मक कक्षा संचालनका लागि कार्य योजना समेत तयार पारिएको छ ।

तालिमको सहजीकरण मधुवन नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनालले गर्नु भएको थियो । यसका अतिरिक्त सिकाई आपुरण तथा द्रुत सिकाई (रियल प्लान) अन्तर्गत कक्षा ३ देखि ८ कक्षा सम्मका सिकाई कमजोर भएका बिधार्थीहरुलाई उनीहरूको पढाइमा सिकाइ उपलब्धी बृद्धि गर्नका लागि शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण तथा तालिम संचालन गरिएको सशक्त बालिका परियोजना कार्यक्रम संयोजक लामिछानेले जानकारी गराउनुभयाे ।

तेस्रो चरणमा अनुगमन मुल्याङ्कण समिक्षा तथा पुनर्ताजगी तालिमहरु प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको साझेदारीमा शिक्षकहरुलाई अभिमुखीकरण तथा तालिम सन्चालनका लागि सशक्त बालिका परियोजनाले सहयोग गर्ने तथा बिद्यालय स्तरमा उपचारात्मक कक्षा संचालनका लागि आवश्यक बजेट गुलरिया नगरपालिको शिक्षा, युवा तथा खेलकुद शाखाले लगानी गरी बिद्यार्थीहरुको सिकाई उपलब्धिमा सहयोग गर्ने तथा नियमित रुपमा कक्षा संचालनको अनुगमन पालिकाबाट गर्ने जानकारी संयोजक लामिछनेले दिनुभयो ।

Next Post

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

२०८१ भाद्र २९, शनिबार १३:५०
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो- ´उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म […]

सम्बन्धित शीर्षक