अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गर्नुपर्नेमा सांसदहरुको जोड

  ।   २०८० आश्विन २६, शुक्रबार २१:४९

काठमाडौ । राष्ट्रिय सभाका सांसदहरुले अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प पस्तावमाथि छलफल गर्दै सांसदहरुले अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनीहरुले अपांगता भएका व्यक्तिहरुले संविधानप्रदत्त अधिकार समेत नपाएको भन्दै उनीहरुले पाउनुपर्ने सबै अधिकारहरुको सुनिश्चित गर्न माग गरेका छन् । बैठकमा बोल्दै सांसद शारदादेवी भट्टले अपांगता भएका व्यक्तिहरुलाई छुट्टै बजेट छुट्टयाउनुपर्ने बताउनुभयो। उहाँले उनीहरुले पाएका सेवा, सुविधाहरुको कटौती गर्नु नहुने बताउनुभयो । सांसद सिंगबहादुर विश्वकर्माले अपांगता भएका व्यक्तिहरुको लालनपालन पोषणको ग्यारेन्टी राज्यले गर्नुपर्ने र उनीहरुलाई अधिकार सम्पन्न बनाउन राज्य दिनप्रतिदिन चुक्दै गइरहेकाले राज्यप्रति निराश भइरहेका बताउनुभएको थियो ।

सांसद तुलप्रसाद विश्वकर्माले अपांगता भएका व्यक्तिहरुको हक, हितका लागि बनेका कानूनहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद भगवती न्यौपानेले अपांगता भएका व्यक्तिहरुलाई सिपमुलक तालिम र व्यवसायिक तालिमहरु दिनुपर्ने र उनीहरुलाई सिप सिकाएर आय, आर्जन गर्नसक्ने बनाउनुपर्ने बताउनुभयो । सांसद खिमलाल देवकोटाले संघीयताको सवलिकरण भएमा मात्र अपांगता भएका लगायतका समाजका सबै वर्ग र समुदायको अधिकार सुनिश्चित हुने भएकाले संघीयताको सवलिकरण गर्नुपर्ने बताउनुभयो ।

सांसद रमेशजंग रायमाझीले सरकारले कानुन र सन्धि, सम्झौताहरुलाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । सरकारले कानुन कार्यान्वयनको अवस्था कस्तो छ भनि हेर्नुपर्ने पनि उहाँले बताउनुभएको थियो । सांसद वामदेव गौतमले अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गर्न सरकारले कानुन, नियमावलीमा संशोधन गरेर सबै विषय समावेश गर्नुपर्ने पनि बताउनुभयो । उहाँले आवश्यक परेमा संविधान संशोधन गर्न पनि तयार हुनुपर्ने बताउनुभएको थियोे ।

सांसद विमला राई पौड्यालले सबै खालका संरचनाहरु अपांगतामैत्री बनाउनुपर्ने बताउनुभयो । अपांगता भएका व्यक्तिहरु घरमा बस्ने वातावरण नभए ‘केयर होम’ पनि आवश्यक भएको र त्यसैगरी अपांगता भएका व्यक्तिहरुलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने बताउनुभएको थियो । (रातोपाटिबाट)

Next Post

ठाकुरद्धारामा बाँके युनेस्कोको समिक्षा कार्यक्रम सम्पन्न

२०८० आश्विन २६, शुक्रबार २१:४९
नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजनाको ठाकुरद्धारामा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सो समिक्षा कार्यक्रममा परियोजनाको प्रभाव स्तरको प्रगति, सिकाइ आदानप्रदान, असल अभ्यासबारे छलफल, दिगोपन रणनीति बारे विस्तृत रुपमा छलफल गरिएको थियो । कार्यक्रममा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाले आफ्नो उदेश्य […]