नेपालगन्ज-४ मा माओवादीका पुन बिजयी

  ।   २०७९ जेष्ठ २, सोमबार २३:०४

   नेपालगन्ज : स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका  वडा नं ४ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार गोपाल पुनको  जीत भएको छ ।

सो वडाको क्षेत्र अघिल्लो स्थानीय चुनाबमा राप्रपाले जित हासिल गरेको थियोे । तर यस पटकको चुनावमा  राम्रो छबि भएका पुनलाई जनताको साथ रहेको देखियो । उहाँले अघिल्लो स्थानीय चुनावमा हार्नु भएको थियो । हार पश्चात् पनि निरन्तर जनताको सुखदुःखमा साथ दिएका पुनलाई पार्टीको कटिबद्ध मत भन्दा पनि थप मत मिलेको स्थानीय बताउँछन् ।

उहालाई त्यहाका जनताले विकास गर्न सक्ने व्यक्तिका रुपमा हेरेर मत दिएको प्रतिक्रिया आउन थालेको छ । हामीहरुले यसपटक पार्टी हेरेनौं विकास गर्नसक्ने व्यक्ति हेरेका छौं उहाँको काम हेर्न बाकी रहेको स्थानीय बासीको भनाइ  छ ।

Next Post

बालेनको चर्चित चश्मा : बजारमा थेगिनसक्नु माग, कति पर्छ मूल्य ?

२०७९ जेष्ठ २, सोमबार २३:०४
संवाददाता । काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) नेपाली मिडियामा सर्वत्र छाईरहनुभएको छ । मेयरमा उम्मेदवार घोषणा र उम्मेदवारी दर्तापछि काठमाडौँका मेयरका उम्मेदवारमध्ये सर्वाधिक खोजिमा पर्नुभएका उम्मेदवार हुनुहुन्छ, बालेन शाह । मतगणना सुरु भएपछि सत्ता गठबन्धनका सिर्जना सिंह र एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पार्दै निरन्तर […]