बाँके क्षेत्र नं.२ बाट संघीय सांसदका उम्मेदवार राई र क्षेत्र नं. १ ´क` का प्रदेश सांसदका उम्मेदवार नमूना नरैनापुरका अध्यक्ष शाह लाई भेट्न अस्पताल

  ।   २०७९ आश्विन २९, शनिबार २३:१०


बाँके । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएको छ । शाह भर्ना भएपछि पुर्व मन्त्री तथा बाँके क्षेत्र नं. २ संघीय सांसदका उम्मेदवार मोहम्मद स्तियाक राई र बाँके क्षेत्र नं. १ क प्रदेश प्रदेश सांसदका उम्मेदवार कृष्णा केसी (नमूना) नेपालगन्ज शिक्षण अस्पतालमा भर्ना हुनुभएका अध्यक्ष शाह लाई भेटघाट गर्न जानुभएको छ ।

अध्यक्ष शाहको छातीमा समस्या देखिएपछि उहाँलाई शिक्षण अस्पताल नेपालगंजमा भर्ना गरिएको हो । पछिल्लो समय बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र जनता संग भेटघाटमा अधिक सक्रिय हुँदा श्वासप्रश्वास र छातीमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रकि स्वास्थ्यकर्मी मिरा रावलले जानकारी दिनु भयो ।

मेडिकल कालेज नेपालगञ्जका डाक्टर आसिम केदवाइ, डाक्टर रोमन केदवाइको प्रत्यक्ष निगरानीमा उपचार सुरु गरिएको अध्यक्ष शाहको सचिवालयले जनाएको छ ।

५४ वर्षीय शाहलाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । शाहको स्वास्थ्य अवस्थामा समस्या देखिए पछि पुर्व मन्त्री मोहम्मद इश्तियाक राई, माओवादी नेत्री नमुना लगायतका नेताहरुले अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गर्नु भएको अध्यक्ष शाहका पारिवारिक स्रोतल जनाएको छ ।

Next Post

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

२०७९ आश्विन २९, शनिबार २३:१०
संवाददाता । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको भएको छ । उहाँको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको हो । उहाँको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिनुभयो । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । किष्ट […]

सम्बन्धित शीर्षक