संवाददाता ।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको भएको छ । उहाँको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको हो ।
उहाँको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिनुभयो ।
जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा उहाँको निधन भएको थियो ।
किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो ।