लुम्बिनीमा १० मन्त्रीको शपथ, मन्त्रिमण्डल १७ सदस्यीय

बाँके सुरेन्द्र बहादुर हमाल र बर्दियाका तिलकराम शर्मा (हिमाल) पनि मन्त्री

  ।   २०७८ आश्विन २४, आईतवार १६:२९

संवाददाता ।

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिनुभएको हो । केसीले जम्बो १७ सदस्यीय मन्त्रिमण्डल बनाउनुभएको छ ।

संघ र प्रदेशमा गठबन्धनका दलहरुबीच भागबन्डा मिलेपछि आज सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले शपथ लिएका छन । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई सपथ गराउनुभएको छ ।

कांग्रेसबाट पाल्पाका वीरबहादुर राना उर्जा, जलश्रोत तथा सिचाईं, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री हुनुभएको छ ।

यस्तै कांग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले शपथ लिनुभएको छ । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री हुनुभएको छ ।

यसैगरि माओवादीबाट बर्दियाका तिलकराम शर्मा (हिमाल) आन्तरिक मामिला तथा सञ्चार, दाङका इन्द्रजित थारू स्वस्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री हुनुभएको छ ।

माओवादीबाट दाङकी विमलाकुमारी वलि (खत्री) स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री हुनुभएको छ ।

नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुनुभएको छ । लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका कुल प्रसाद केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी भएर सात सदस्यीय मन्त्रिमण्डल वृद्धि भई १७ सदस्यीय मन्त्रिमण्डल बनेको हो । लुम्बिनी ७ वटै प्रदेशमा सबैभन्दा जम्बो मन्त्रिमण्डल बनेको छ ।

बिनोद परियार, नेपाल समयबाट

Next Post

जर्मनी कतारमा २०२२ मा हुने फिफा विश्वकपमा छनोट

२०७८ आश्विन २४, आईतवार १६:२९
संवाददाता । युरोपियन राष्ट्र जर्मनी कतारमा २०२२ मा हुने फिफा विश्वकपमा छनोट भएको छ । जर्मनी विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ । युरोपियन क्षेत्रको छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले नर्थ मेसेडोनियालाई ४–० पराजित गरेर विश्वकपमा छनोट भएको हो । जर्मनी २० औं पटक विश्वकपमा छनोट भएको हो […]