जर्मनी कतारमा २०२२ मा हुने फिफा विश्वकपमा छनोट

  ।   २०७८ आश्विन २६, मंगलवार १७:३९

संवाददाता ।

युरोपियन राष्ट्र जर्मनी कतारमा २०२२ मा हुने फिफा विश्वकपमा छनोट भएको छ । जर्मनी विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ ।

युरोपियन क्षेत्रको छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले नर्थ मेसेडोनियालाई ४–० पराजित गरेर विश्वकपमा छनोट भएको हो । जर्मनी २० औं पटक विश्वकपमा छनोट भएको हो ।

जर्मनीका लागि टिमो वर्नरले दुई तथा काई हाभार्ट र जमल मुसिएलाले एक-एक गोल गर्नुभयो । समूह जे मा जर्मनीको ८ खेलबाट २१ अंक भएपछि समूह विजेता बन्ने पक्का भएको हो । दोस्रो स्थानको रोमानियाको समान खेलबाट १३ अंक छ ।

अनलाइन खबरबाट

Next Post

दसैंमा मृगौला रोगीले के खाने, के नखाने ?

२०७८ आश्विन २६, मंगलवार १७:३९
डा.पुकार श्रेष्ठ । दसैंमा मृगौलाका बिरामीहरुले खानेकुरामा ध्यान पु¥याउनुपर्छ । मसलेदार र चिल्लो खानेकुराबाट टाढा बस्नुपर्छ । चाडपर्वमा हुने भोज भतेरमा सकेसम्म सहभागी हुनुहुँदैन । मृगौलाको रोगीले दसैंमा धेरै परिकारहरुमा मुख बार्नुपर्ने हुन्छ । चाडपर्वको नाममा जथाभावी खानुहुँदैन । अत्यन्त सावधानी अपनाउनुपर्छ । पोटासियम बढी भएका फलफूल, प्रोटिनयुक्त माछा मासु […]