दसैंमा मृगौला रोगीले के खाने, के नखाने ?

  ।   २०७८ आश्विन २८, बिहीबार १२:३८

डा.पुकार श्रेष्ठ ।

दसैंमा मृगौलाका बिरामीहरुले खानेकुरामा ध्यान पु¥याउनुपर्छ । मसलेदार र चिल्लो खानेकुराबाट टाढा बस्नुपर्छ । चाडपर्वमा हुने भोज भतेरमा सकेसम्म सहभागी हुनुहुँदैन । मृगौलाको रोगीले दसैंमा धेरै परिकारहरुमा मुख बार्नुपर्ने हुन्छ । चाडपर्वको नाममा जथाभावी खानुहुँदैन । अत्यन्त सावधानी अपनाउनुपर्छ ।

पोटासियम बढी भएका फलफूल, प्रोटिनयुक्त माछा मासु दसैंको मुख्य परिकार हो । यसमा मृगौलाका बिरामीले हेलचक्र्र्याइँ गर्ने कुरा हुँदैन । एक दुई टुक्रा खानु बेग्लै कुरा हो ।

तर, भोज भतेरको रुपमा आफूलाई पच्नै गाह्रो हुनेगरि भने खानु हुँदैन । मृगौला बिरामीको लागि प्रोटिन र पोटासियमयुक्त खानेकुराले शरीरमा विषाक्त पदार्थ जम्मा हुन्छ ।

ती खानेकुरा उनीहरुको लागि विष बराबर हुन् । शरीरलाई यसले नराम्रो असर गर्छ । सावधानी नअपनाएमा ज्यानै जान सक्ने जोखिमसम्म हुन सक्छ ।

मृगौलाका रोगीले पानी धेरै पिउने, माछामासु, फलफुल र सागसब्जी धेरै खाने गर्नुहुँदैन । धेरै पानी पिउँदा फोक्सोमा पानी जम्मा भएर श्वास फेर्न गाह्रो हुन सक्छ । चिल्लो खानेकुराले पनि मृगौला रोगीलाई दिर्घकालिन रुपमा हानी गर्छ । चिल्लो बढी खादा बोसो जम्ने, नशा साघुरिने र अरु अंगमा समेत यसले क्षति गर्न सक्छ ।

मृगौला प्रत्यारोपण गरिसकेका व्यक्तिहरुले भने एउटा स्वस्थ व्यक्तिले खाएको जस्तै खानेकुरा खान हुन्छ । तर, मृगौला फेल भएको, प्रत्यारोपण नगरेको, डायलासिसमा बसेको व्यक्तिले भने एकदमै सावधानी आपनाउनुपर्छ । नत्र फोक्सोमा पानी हुने, श्वास फेर्न गाह्रो हुने भएर कतिपय अवस्थामा ज्यानै जान सक्नेसम्मको अवस्था सिर्जना हुन सक्छ । चाडपर्वको नाममा यस्तो जोखिम मोल्नु राम्रो हुँदैन ।

भोज भतेर भन्दैमा मुख नछाडौँ । संयमता अपनाऔँ । माछा, मासु र फलफुलहरुको प्रयोग सिमित मात्रामा गराँै । मद्यपान र धुम्रपान गर्दै नगराँ ।

मृगौलाको रोगिलाई परिवाकार सदस्यले कम मसलेदार खानेकुरा बनाइदिनुपर्छ । युवायुवतीको तुलनामा बुढाबुढी र बालबालिकाले खानेकुरा बार्न मान्दैनन् ।

उनीहरुलाई परिवारका सदस्यले ध्यान दिनुपर्छ । वयस्क उमेरका बिरामीहरु भने आफै सम्हालिनुपर्छ । उनीहरुलाई परिवारले नियन्त्रण गरेर मात्र हुँदैन । यस्तो बेलामा बिरामी आफैँ जिम्मेवार हुनुपर्छ ।

अहिले अस्पतालको सुविधा सुस्त अवस्थामा चलिरहेको छ । अस्पतालमा बेड पाउनै मुस्किल छ । यस्तो अवस्थामा अन्य रोग भएका बिरामीहरुले अस्पतालको सेवा पाउँन गाह्रो छ । त्यसैले, आफै सुरक्षित हुने र सावधानी अपनाउने बाहेक हामीसँग अर्को विकल्प छैन । (कुराकानीमा आधारित)

इकागज डटकमबाट

Next Post

नेपालगन्जको सुक्यो, रुपैडिया चम्क्यो

२०७८ आश्विन २८, बिहीबार १२:३८
संवाददाता, नेपालगन्ज । ‘साडी, कुर्ता किन्न आउनेहरु रेडिमेड सामान पनि किन्थे । नेपालगन्जमा दशैंको बजार पनि सुनसान छ’, नेपालगन्जको सदरलाइनस्थित भरत रेडिमेड शिवम् गुप्ता भन्दै हुनुहुन्थ्यो, ‘दशैंका मुखैमा आएर जमुनाहा सीमा नाका खोल्दा भारतीय बजार चम्केको छ । ५ किलो चिनी किन्न जानेले ५ हजार रुपैयाँको सपिङ गरेर फर्किरहेका छन् ।’ […]