कोरोना जित्नेको लहर बढ्दो प्रदेश सांसद नमुना संगै २८ जना डिस्चार्ज हुँदै

  ।   २०७७ भाद्र ४, बिहीबार ०९:४७

नेपालगञ्ज / बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट ५ नम्बर प्रदेश सांसद कृष्णा केसी नमूना लागाएत २८ जनाले आज बिहिवार कोरोना जितेर घर फर्किने हुनुभएको छ । १३ जना महिलासहितका २८ जनाले कोरोनालाई जितेर घर फर्किन लाग्नु भएको फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

२८ जना डिस्चार्ज हुनेहरुमा अधिकाँश नेपालगञ्जका रहेका हुनुहुन्छ भने यसअघि जिल्लामा सबैभन्दा बढि एकै दिन ३० जना कोरोना जितेर घर फर्की सक्नुभएको छ ।

बाँकेमा अन्य जिल्लाका समेत गरि ७६६ जना कोरोना संक्रमित हुँदा ४९६ जना कोरोना जितेर घर फर्किसकेको अवस्था छ । हाल २६६ जना सक्रिय संक्रमित रहनु भएको छ । त्यस्तै कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाइ सक्नु भएको छ ।

Next Post

नेपाल ख्रीष्टियन समाजको ध्यानाकर्षण वक्तव्य

२०७७ भाद्र ४, बिहीबार ०९:४७
योगेश पाण्डे नेपालगन्ज |  नेपालको राष्ट्रिय झण्डा जालाउनेलाइ सरकारले गरेको कार्वाहीको प्रशंसा गर्दै यस्ता गलत काम गर्नेहरुलाइ कानुनको दायरामा ल्याएर सजायको भागिदार बनाउन कुनै कसुर बाँकि नराख्न सरकारलाई मंगलबार नेपाल ख्रीष्टिय समाजले ध्यानाकर्षण वक्तव्य जारी गरेको छ । नेपाली ख्रीष्टियानहरुलाइ यस्ता गलत कार्य गर्नेहरू संग जोडेर अनर्गल प्रचार नगर्न समेत […]