नेपाल ख्रीष्टियन समाजको ध्यानाकर्षण वक्तव्य

राष्ट्रिय झण्डा जलाउनेलाई हदै सम्मको कार्वाही गर सरकार

  ।   २०७७ भाद्र ४, बिहीबार ११:००

योगेश पाण्डे

नेपालगन्ज |  नेपालको राष्ट्रिय झण्डा जालाउनेलाइ सरकारले गरेको कार्वाहीको प्रशंसा गर्दै यस्ता गलत काम गर्नेहरुलाइ कानुनको दायरामा ल्याएर सजायको भागिदार बनाउन कुनै कसुर बाँकि नराख्न सरकारलाई मंगलबार नेपाल ख्रीष्टिय समाजले ध्यानाकर्षण वक्तव्य जारी गरेको छ ।

नेपाली ख्रीष्टियानहरुलाइ यस्ता गलत कार्य गर्नेहरू संग जोडेर अनर्गल प्रचार नगर्न समेत नेपाल ख्रीष्टियन समाजले आग्रह गरेको छ । अन्तरधार्मिक सम्बाद विभाग संयोजक डा. डि.पी. खनाल र नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्ली पौडेल द्वारा हस्ताक्षरित ध्यानाकर्षण वक्तव्यमा “नेपालको संबिधान २०७२ धारा ३ अनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांकृतिक बिशेषतायुक्त भौगोलिक विविधतामय रहेको समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता भौगोलिक अखण्डता राष्ट्रिय हित तथ समृद्धिप्रती आस्थामा रहि एकताको सुत्रमा आवद्ध सबै नेपाली जनताको समाविष्ट राष्ट्र नेपाल हो ।” उल्लेख गर्दै नेपाल राष्ट्रको शानका रुपमा सम्पुर्ण नागरिकहरुले अत्यन्तै गौरवको प्रतीक मानेको राष्ट्रिय झण्डा दहन गर्ने कार्य आफैमा निकृष्ट, अराजक एवं रास्ट्र विरुद्धको बिद्रोह हो भनिएको छ । सो वक्तव्यले यस्ता दुष्कार्य, निन्दनीय मात्र होइन अत्यन्तै दण्डनीय कार्य गरिएको र यस्ता कार्य गर्ने व्यक्ति, समूह, क्षेत्र, वा जुनसुकै राजनैतिक पृष्ठभूमिको भएपनि कानुन बमोजिम कार्वाही हुनुपर्छ र नेपाल प्रहरीले तुरुन्त कार्वाहीको प्रक्रिया अगाडी बढाएको प्रति सन्तुष्टि व्यक्त गरेको छ ।

वक्तव्यमा ख्रीष्टियन समाज कहिले पनि गलत कार्यमा सरिक नहुने र गलत गर्नेलाइ संरक्षण पनि नगर्ने तर पनि ख्रीष्टियन समाजलाई नै जोडेर गरिने अनर्गल प्रचार, आरोप र लान्छना प्रति समाजको आपत्ति रहेको छ ।

बाँकि वक्तव्यको पुरा अंश

Next Post

पार्टीमा सल्लाह नगरी राजनीतिक नियुक्ति गरिएको भन्दै प्रचण्डको आपत्ति

२०७७ भाद्र ४, बिहीबार ११:००
काठमाडौं । पार्टीमा देखिएका विवाद समाधान गर्न कार्यदलले काम गरिरहेको बेलामा राजनितिक नियुक्ति गरिएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रचण्डले विरोध जनाउनु भएको हो। यसअघि मंगलबार पनि प्रचण्डले प्रधानमन्त्री ओलीसँग राजनीतिक नियुक्तिलाई लिएर असहमति जनाउनु भएको थियो […]

सम्बन्धित शीर्षक