कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा बाल विवाह न्युनिकरण र खोप सचेतना सम्बन्धि कचहरी नाटक प्रदर्शन गरिएको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालित सामाजिक तथा व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत उक्त कचहरी नाटक प्रर्दशन गरिएको हो ।
घोडाघोडी नगरपालिका वडा न ५ सरैया र वडा न १२ त्रिवेणि चोकमा बाल बिबाह न्यूनीकरण, नियमित खोप, जन्मदर्ताका बिषयमा सचेतना जगाउने उद्धेश्यले कचहरी नाटक प्रदर्शन गरिएको हो । कार्यक्रममा बोल्दै घोडाघोडी नगपालिकाका प्रमुख खडक रावतले कचहरी नाटक हेरे पछि आफुलाई स्वास्थ्य र बाल विवाह न्यूनीकरणका बिषयमा थप जिम्मेवारी बोध गराएको बताउनु भयो । बाल विवाह न्युनिकरण तथा खोप लगाउन अभिप्रेरित गर्न कचहरी महत्वपूर्ण रहेको उहाँको भनाई थियो । सचेतना मुलक कार्यक्रमले आम नागरिकलाई एकै पटक सन्देस प्रवाह गर्ने भएकाले यस्ता कार्यक्रम गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा न ५ का अध्यक्ष लोक बहादुर चन्दले सचतेनाका लागि प्रदैशन गरिएको कचहरी नाटक साच्चिकै उपयोगी रहेको बताउनु भयो । उहाँले खोप बाट आफ्ना बालवालिकालाई बन्चित नगर्नु र नगराउन आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा न १२ का अध्यक्ष राम दुलारे चौधरिले नाटकले दिन खोजेको सन्देसलाई सबै माझ फैलाउन सहभागिहरुलाई अनुरोध गर्नु भयो ।
बास नेपालका अधिकृत हरि जोशिले सञ्चालन गरेको कचहरी नाटकमा लोक बहादुर घर्ती, पुष्कर राज पन्त, रिना चौधरी ,दुर्गा जाग्रि, लक्ष्मि जोशि, गोबिन्द अवस्थी, बिरेन्द्र सिंह, इन्दु केसी लगायत कलाकारले अभिनय गरेका थिए ।




