मुगु हत्या काण्डका दुईजना अभियुक्त सार्वजनिक

  ।   २०८० कार्तिक २४, शुक्रबार २२:२९

नेपालगन्ज । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका १ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराजबहादुर शाही र छायानाथ रारा ६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन्।

उनीहरूलाई आज शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो ।शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट आज शुक्रबारै नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भिम ढकालले बताउनुभयो । प्रहरीका अनुसार बोहराले हत्याको योजना बनाएका थिए । मृतकका श्रीमान् दीपक बोहरालाई राम्रो कमाइ गर्ने कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए।दीपकले सोही कुरा अस्वीकार गरेको रिसिईबीका कारण उनको परिवारको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

हत्याको मुख्य योजनाकार गोपालले गोर्खराजलाई भेटी मृतकसँग १०र१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका थिए । कात्तिक ५ गते सुर्खेतबाट हिँडेका गोर्खराज मुगु पुगेका थिए । कात्तिक ७ गते हत्यामा आरोपित दुई जना स्थानीय एक सामुदायिक विद्यालयमा लुकीछिपि बसेका थिए । ८ गते राति ९ बजे उनीहरू मृतकको घर पुगी ढोका खोल्न लगाएर हत्या गरेका थिए।उनीहरूले खुकुरीले टाउको र घाँटीमा प्रहार गरेर श्रीदेवी बोहरासहित ४ जनाको हत्या गरेका थिए।

मारिसकेपछि उनीहरूले मृतकसँग भएको १ थान मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी लुटपाट गरेका थिए । घटनापछि कात्तिक ९ गते गोर्खराज शाही मुगु र जुम्लाको सिमानासम्म पैदल हिँडेर सुर्खेततर्फ बसमा भागेका प्रहरीको अनुसन्धानको क्रममा खुलेको डीआईजी ढकालले बताउनुभयो ।

घटना अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश केनाईन शाखा खटिएका थिए। कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकाल पनि घटनास्थल मुगुमै खटिनु भएको थियो । गत कात्तिक ८ गते घरमै २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज‚ ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव भेटिएको थियो।

Next Post

कोहलपुरबाटै संदेश मुलक देउसी भैलो म्युजिक भिडियो सार्वजनिक

२०८० कार्तिक २४, शुक्रबार २२:२९
शान्ति सुनार कोहलपुर । कोहलपुर नगर स्तरीय युवा क्लब संजालले समाजिक सुरक्षा र  सचेतनाका लागि निर्माण गरेको संदेश मुलक  देउसी भैलो गीत सार्वजनिक गरेको छ । तिहार नजिकिदै गर्दा विशेष गरि संस्कृति परम्परालाई जोड्दै वर्तमान अवस्थाको परिवर्तनको विषयलाई समेटेर तयार पारिएको गीत  शुक्रबार सार्वजनिक गरिएको हो ।        […]

सम्बन्धित समाचार