फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोग बाध्यकारी

  ।   २०७७ भाद्र १२, शुक्रबार ०८:०१

काठमाण्डौ । फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई बाध्यकारी बनाइएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पेरिस र आसपासका क्षेत्रमा आजदेखि मास्कलाई अनिवार्य गरिएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार यो नियम पैदल हिँड्ने र साइकलमा यात्रा गर्नेलाई पनि लागू हुने छ । तर कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन ।

पेरिस प्रहरीले कोरोना भाइरसको संक्रमण फैलिदै गएकाले मास्कलाई बाध्यकारी बनाएको बताएको छ । यसअघि फ्रान्सका प्रधानमन्त्री जीन क्यास्टेक्सले पेरिसमा मास्कलाई बाध्यकारी बनाउने बताउनु भएको थियो ।

उहाँले कोरोनाको भाइरस पूरै देशभर फैलिएको भन्दै तत्काल कडा कदम उठाउन नसके महामारी झन् तीव्र गतिमा फैलन सक्ने बताउनु भएको थियो ।

फ्रान्समा अहिलेसम्म दुई लाख ५९ हजारभन्दा धेरैमा संक्रमण भएको छ भने ३० हजारभन्दा धेरैको ज्यान गएको छ । उज्यालो अनलाइन

Next Post

चीनमा परीक्षण भइरहेको कोरोना विरुद्धको खोपको मूल्य तोकियो

२०७७ भाद्र १२, शुक्रबार ०८:०१
काठमाण्डौ । चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात झण्डै १५ हजार रुपैयाँ तोकेको छ । परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ । कम्पनीले एक महिनाअघि आफूले खोजी गरिरहेको खोपको […]